बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘थ्रिलर चलचित्र’ को कथालाई पछि पार्ने भाजपा सांसद संलग्न भएको ‘उन्नाव बलात्कार काण्ड’

बुधबार, १५ साउन २०७६, ११ : ०३
बुधबार, १५ साउन २०७६

एजेन्सी । भारतमा यतिबेला चर्चाको केन्द्रमा रहेको ‘उन्नाव बलात्कार काण्ड’ का घटनाक्रमहरु एउटा ‘थ्रिलर’ चलचित्रको कथाजस्तै विकसित भइरहेका छन् ।

यस बलात्कार घटनामा उत्तर प्रदेशका भारतीय जनता पार्टीका विधायक कुलदीप सिंह सेन्गर मुख्य आरोपी रहेका छन् ।

अहिले सिंह र अन्य दश जनाविरुद्धसडक दुर्घटना गराएर कारमा सवार बलात्कार काण्डमा पीडित भनिएकी युवती र उनको परिवारका सदस्यहरुको हत्या खोजेको भिन्दै मुद्दा दायर गरिएको छ ।

गतआइतबार एउटा ट्रकले घटनाकी पीडित किशोरी चढेको कारलाई ठक्कर दिएको थियो ।

कारमा ती किशोरीसँगै उनको वकिल र उनका दुई आफन्तहरु सवार थिए । ट्रकको ठक्करबाट किशोरी र वकिल गम्भीर घाइते छन् भने दुई जना महिलाको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रहरीमा गरिएको उजुरीमा १० जनाको नाम किटेर र अन्य अज्ञात १५–२०  व्यक्तिविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

भाजपा विधायक कुलदीपको अतिरिक्त मनोज सिंह सेन्गर, विनोद मिश्र, हरिपाल सिंह, नवीन सिंह, कोमल सिंह, अर्जुन सिंह, ज्ञानेन्द सिंह, रिकूं सिंह, अवदेश सिंहको नाम उजुरीमा उल्लेख छ ।

१९ वर्षे बलात्कार पिडिताको आमाले विधायक कुलदीपले ट्रकले ठोक्काएर आफ्नो सम्पूर्ण परिवारलाई ‘सफाया गर्ने प्रयास’ गरेको आरोप लगाएकी छिन् ।

आइतबार युवती र उनको परिवार कारमा राय बरेली जिल्ला जेलमा बन्द युवतीकी अकंललाई भेट्न जाँदै थिइन् । बलात्कार घटनालाई बाहिर ल्याउने व्यक्ति उनै थिए ।

त्यसको केही पछि नै युवतीको अंकललाई एउटा हत्याको आरोप लाग्यो र उनी अहिले जेलमा बन्दी छन् ।

सवारी दुर्घटनापछि गम्भीर अवस्थामा उपचार गराइरहेको युवतीकी आमाले पत्रकारसँगको कुराकानीमा भनिन् ,‘ यो दुर्घटना होइन । यो जानी जानी गरिएको हो । विधायकका मानिसले यो सबै गराएका हुन् । हामीलाई कयैन पटक धम्की दिइसकेको छ । सम्झौता गर्न दबाब दिइदैं आएको छ । विधायकले जेलमै बसेर यो सबै काम गराइरहेका छन् । विधायक आफै जेलमा रहे पनि उसको मानिस बाहिर खुल्ला घुमिरहेका छन् । हामीलाई न्याय चाहिएको छ ।’

सडक दुर्घटना वा षड्यन्त्र

जुन ट्रकबाट बलात्कार पिडित सवार गाडिमा ठक्कर दिइयो, त्यसको नम्बर प्लेटमा कालो पोतिएको छ । यसले घटनालाई झनै शंकास्पद बनाएको छ ।

नम्बर प्लेटमा काले पोत्ने कारणबारे ट्रक मालिकको भनाई उद्धृत गर्दै प्रहरी अधिकारी(एडीजी) कृष्णले भने,‘ट्रक मालिकको भनाईमा ट्रकको किस्ता समयमा नतिरेका फाइन्यान्सले पटक–पटक दुःख दिइरहेको थियो । त्यसैले उसले अगाडिको नम्बर प्लेटमा ग्रीज दलेको बताएका छन् ।’

युवतीलाईसुरक्षा खतरा भएको भन्दै उनलाई ६ सुरक्षाकर्मी दिइएको थियो । तर ट्रकले ठक्कर दिएको समयमा ती मध्य एक जना पनि नहुनुले पनि षड्यन्त्रको गन्ध आएको छ ।

यस घटनामा विभिन्न राजनीतिक दलले पनि षड्यन्त्र भएको भन्दै प्रश्न उठाइरहेका छन् ।

समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव यसलाई सिधा हिसाबमा षड्यन्त्र बताइरहेका छन् ।

त्यस्तै प्रियंका गान्धीले पनि यसलाई सडक दुर्घटनामात्र मान्न तयार छैनन् ।

थ्रिलर फिल्मजस्तो कथा

जुलाई २८ मा भएको दुर्घटनामा मृत दुई महिलामध्य एक जना यो पुरा मामिलाको प्रत्यक्षदर्शी पनि थिइन् । अर्को एक प्रत्यक्षदर्शीको मृत्यु केही समय अघि भएको थियो ।

बलात्कार पीडित युवतीका पिता पनि यहि प्रकरण सुरु भएपछि बितेका थिए ।

उनको अंकल पनि केही हत्याको मुद्दामा केही दिन पहिले जेल पु¥याइएको थियो । ती युवतीसहित परिवारका अन्य सदस्य दुर्घटनाको दिन उनैलाई भेट्न रायबरेलीको जेल जाँदै थिए ।

यो सम्पूर्ण मामिलामा कुनै थ्रिलर फिल्मको कथाभन्दा कम छैन । उन्नावको बांगरमऊबाट भाजपा विधायक कुलदीप सैन्गरमाथि सन् २०१७जुनमा बलात्कारको आरोप लागेको थियो ।

आरोप यो पनि थियो कि बारम्बार उजुरी गर्दा खोज्दा पनि प्रहरीले मानेको थिएन । त्यसपछिपीडित युवतीको परिवारले अदालतको साहारा लिएको थियो ।

पीडित परिवारका अनुसार यो दौरान विधायकका परिवारले उनीमाथि मुद्दा फिर्ता गर्नको लागि दबाव दिइरह्यो । यसको उजुरी गर्न पीडित युवती उन्नाव प्रहरीका हरेक अधिकारीसँग गए पनि कसैले सुनुवाइ गरेनन् ।

पीडितका अनुसार पछिल्लो वर्ष अप्रिलमा विधायकको भाई अतुल सिंह र उनको साथीहरुले उनको पितालाई पिटे र पछि प्रहरीले उनको पिताविरुद्ध नै उजुरी दर्ता गरेर जेलमा पठाए ।

अन्तिममा आजित भएर पीडित युवतीले आफ्नो आमासँग अघिल्लो वर्ष अप्रिल ८ मा लखनउमा मुख्यमन्त्री आवास अघि गएर आत्मदाह गर्ने कोसिस गरिन् । तर उनलाई बचाइएको थियो ।

त्यसको भोलिपल्ट नै पीडित युवतीको पिताको प्रहरी हिरासतमा मृत्यु भयो । त्यसपछि यो घटनाले राष्ट्रिय स्तरमा चर्चा बटुल्न थाल्यो ।

चार महनापछि यो घटना अर्थात् प्रहरी हिरासतमा यातना र मारपिटको प्रत्यक्षदर्शी र घटनाको मुख्य साक्षीको रहस्यमय अवस्थामा मृत्यु भएको छ ।

यो सम्पूर्ण अवस्थामा पनि विधायक सेन्गरलाई पक्राउ गरेर अनुसन्धान भएको थिएन । जब अदालते उनलाई कारबाही गर्नको लागि आदेश दियो र त्यसपछि उनीमाथि सीबीआई जाँच शुरु भयो तब मात्र अप्रिल १३ मा कुलदीप सेन्गरको गिरफ्तारी भयो ।

यो मामिलामा विधायक कुलदीप सेन्गरको पत्नी र उनको परिवारका अन्य सदस्यले भने बलात्कार समेत सम्पूर्ण घटनालाई षड्यन्त्र बताइरहेका छन् ।

यो घटनाको अनुसन्धान गर्न गठित एसआईटीको रिपोर्ट आएपछि प्रहरीले आईपीसीको धारा ३६३, ३६६, ३७६ र ५०६ अन्तर्गत मुद्दा दर्ता गरेको छ । मामिलाको जाँच सीबीआईले गरिरहेको छ ।

उन्नाव बलात्कार काण्डमा भएका घटनाको समयरेखा

सन् २०१७ जुनः उन्नाव जिल्लाकी एक १७ वर्षीया किशोरीले भाजपा विधायक कुलदी सेन्गरलाई बलात्कारको आरोप लगाइन् ।

सन् २०१७ जुन देखि अप्रिल २०१८: युवतीको परिवारले उजुरी गर्यो । प्रहरीद्वारा उजुरी दर्ता गर्न अस्वीकार । परिवार अदालत गयो । लामो समय मुद्दामा अडिग ।

सन् २०१८ अप्रिल ३: युवतीका बावुलाई विधायकका मानिसले निर्घात कुटपिट गरे । युवतीको उजुरीलाई वेबास्ता गरिरहेको प्रहरीले उनको पितालाई घटनाको लागि जिम्मेवार भन्दै पक्राउ गर्यो ।

सन् २०१८ अप्रिल ८: युवतीले उत्तर प्रदेशका मुख्यमन्त्री योगीले विधायकलाई संरक्षण गरिरहेको आरोप लगाउँदै उनको घरअघि आत्महत्या गर्ने प्रयास गरिन् ।

सन् २०१८ अप्रिल ९: युवतीको पिताको प्रहरी हिरासतमा मृत्यु । प्रहरीको चरम यातनाबाट मृत्यु भएको आशंका ।

सन् २०१८ अप्रिल १०: युवतीको पिताको मृत्यु भएपछि उनलाई कुटपिट गरेको आरोपमा प्रहरीद्वारा चारजना पक्राउ । पक्राउ पर्ने सबै विधायकका नजिकका मानिस थिए ।

सन् २०१८ अप्रिल १०: पोस्ट–मोर्टम रिपोर्टले बलात्कार पीडित युवतीको पिताको शरिरमा १४ चोट देखायो ।

सन् २०१८ अप्रिल ११: मुद्दाको अनुसन्धान सीबीआईलाई हस्तान्तरण गरियो । 

सन् २०१८ अप्रिल १२: भाजपा सांसद कुलदीप सेन्गरलाई नाबालिगको बलात्कारको मुद्दा ।

सन् २०१८ अप्रिल १३ : मुद्दाको सुनुवाई सुनाउदै अलाहावाद अदालतले विधायकलाई पक्राउ गर्ने आदेश दियो ।

सन् २०१८ जुलाई ११: सीबीआईले पहिलो पटक विधायकविरुद्ध आरोपपत्र दर्ता गर्यो ।

सन् २०१८ जुलाई १३: विधायक विरुद्ध दोस्रो अभियोगपत्र दर्ता । त्यसमा विधायक, उनको भाई, तीन प्रहरी र पाँच अन्यले बलात्कार पीडित युवतीको पिताको हत्यामा सघाएको आरोपमा आरोप ।

सन् २०१८ अगष्ट १८: युवतीको पितामाथि आक्रमण भएको घटनाको प्रमुख प्रत्यक्षदर्शी युनुसको अचानक मृत्यु भयो । युवतीको अंकलले युनुसलाई विष सेवन गरेर मारेको आरोप लगाए । युनुसको शरीरको पोस्टमार्टमनै नगरी अन्त्यष्टि भयो ।

सन् २०१८ नोभेम्बर २१ : युवतीको अंकललाई अठार वर्ष अघिको घटनामा पक्राउ गरियो ।

सन् २०१८ डिसेम्बर २६: बलात्कार पिडित, उनको आमा र अंकलविरुद्ध पिडितको जन्म मिती घटाएको आरोपमा उजुरी दर्ता ।

सन् २०१९ जुलाई २८: राय बरेली जेलमा बन्दी अंकललाई भेट्न जाँदै गरेकी पिडित युवतीको कारमा ट्रकले ठक्कर दियो । कारमा सवार युवतीका दुई अन्टीको घटनास्थलमै मृत्यु भयो । साथमै रहेका युवतीको वकिलका साथै युवतीको अवस्थामा चिन्ताजनक रहेको छ । कारलाई ठक्कर दिएको ट्रकको नम्बर प्लेटमा कालो पोतिएको अवस्थामा फेला पर्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप