बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गोबिन्दाको खुलासाः ४९ वर्षमा किन गरे ‘दोस्रो विवाह’, चार वर्षसम्म लुकाएका थिए पहिलो

बुधबार, १५ साउन २०७६, ०८ : ३०
बुधबार, १५ साउन २०७६

गोबिन्दा यस्ता नायक हुन् जसले बलिउड फिल्ममा आफ्नो अभिनयले भिन्न छाप छोडेका छन् । लगभग हरेक जनरको फिल्मले गोबिन्दाले दर्शकलाई भरपुर मनोरञ्जन दिएका छन् । विशेषगरी उनको कमिक टाइमिङको छुट्टै अन्दाज छ । ९० को दशकपछि गोबिनदाले कमेडी जनरलाई नयाँ उचाई दिएको र फिल्मनिर्माताले उनकै कारण यसलाई गम्भीरतापूर्वक लिन सुरु गरेको बताइन्छ ।

गोबिन्दा हालै भारतीय टिभी शो आपकी अदालतमा पुगे जहाँ उनले आफ्नो विवाहबारे रोचक खुलासा गरे ।

केही वर्ष अघि गोबिन्दा त्यतिबेला चर्चामा आएका थिए जब उनले आफ्नी श्रीमती सुनितासँग एकपटक पुनः विवाह गरेका थिए । कार्यक्रममा गोबिन्दाले श्रीमतीसँग दोस्रो विवाह गर्नुको कारण खुलाए । आमाको इच्छा अनुसार गोबिन्दाले श्रीमतीसँग पुनर्विवाह गरेको बताए । उनले भने, ‘आमाकै इच्छा अनुसार ४९ वर्षमा पुगेर दोस्रो विवाह गरेको थिएा । ’

उनले सन् २०१५ जनवरीमा श्रीमती सुनितासँग धुमधामका साथ विवाह गरेका थिए ।

गोबिन्दाले आफ्नी श्रीमती सुनितासँगको भेटलाई याद गर्दै भनेका थिए, ‘म सुनितासँग एउटा पार्टीबाट फर्किरहेको थिएँ । उनको हात मेरो हातसँग छोइएको थियो तर हामी दुबैले हात हटाएनौं । यसरी नै हाम्रो सम्बन्धको सुरुवात भयो । ’

गोबिन्दाका काका आनन्द सिंहले उनलाई ‘तन बदन’ बाट डेब्यू गराएका थिए र त्यति नै बेला आनन्द सिंहकी साली सुनिता मुंजाल गोबिन्दाको प्रेममा परिन् । सन् १९८७ मार्च ११ मा दुबैले विवाह गरे । यद्यपि, गोबिन्दाले आफ्नो करियरका कारण विवाहलाई चार वर्षसम्म लुकाएर राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप