बैंक अफ काठमाण्डू लिमिटेडद्वारा सरसफाई अभियान सम्पन्न
काठमाडौं – बैंक अफ काठमाण्डू लि. ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत साउन २२ गते अत्तरिया, २३ गते टिकापुर, २४ गते कोहलपुर, २५ गते तुलसीपुर र २६ गते बर्दघाट शहरहरुमा सरसफाई कार्यक्रम आयोजना सम्पन्न गरेको छ ।
उक्त सरसफाई कार्यक्रमको नेतृत्व यस बैंकका ब्राण्ड एम्बेसेडर प्रसिद्ध हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) ले गरेका थिए । उक्त सरसफाई कार्यक्रममा प्रतिष्ठित व्यक्तिहरु सहित स्थानीय जनताको सहभागिता थियो ।
सरसफाई कार्यक्रम पश्चात मेरी बास्सैका हास्यकलाकारहरु धुर्मुस, चम्सुरी र दाह«ी बुढोले आफ्नो मनोरञ्जनात्मक कला प्रदर्शन गरे । सरसफाईमा भाग लिन र मनोरञ्जनात्मक कार्यक्रम अवलोकन गर्न पाएकोमा स्थानीय जनताले प्रसन्नता व्यक्त गरेका थिए ।
यस कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन सहयोग गर्ने स्थानिय बासी, स्थानिय निकाय र सहयोगी हातहरुलाई बैंक अफ काठमाण्डू लि. ज्ञापन समेत गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा