बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चितुवाको छालासहित दुईजना पक्राउ

मङ्गलबार, १४ साउन २०७६, १६ : २६
मङ्गलबार, १४ साउन २०७६

कैलाली– कैलालीको गोदावरी नगरपालिका, अत्तरिया क्षेत्रबाट दुई थान चितुवाको छालासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा डोटीको बड्डीकेदार गाउँपालिकाका राजेन्द्र थापा र कैलालीको चुरे गाउँपालिकाका रामबहादुर विष्ट रहेका छन् । चितुवाको छाला बेचबिखन र ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालयको टोलीले छालासहित सोमबार उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ । 

छाला बिक्री गर्नका लागि गोदावरी नगरपालिकाको अत्तरियामा राखिएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप