अस्ट्रेलियामा नेपाली संस्कृति एवम् परिकार महोत्सव भव्यताका साथ सम्पन्न
अष्ट्रेलियाको डार्विनमा नेपाली संस्कृति एवम् परिकार महोत्सव–२०१९ भव्यताका साथ सम्पन्न भएको छ ।
नेपालीहरुको छाता संगठन (एनएएनटी) द्वारा आयोजित कार्यक्रम डार्विनको मुटुआटर फ्रन्टमा भएको थियो ।
नेपाली संस्कृतिक झाँकिद्वारा कार्यक्रमको शुरुवात भएको थियो, भने त्यस्तै जिवित कुमारी, नाखेनाच, कुमारी नाच, ढुङ्गेधारा, नेपाली भान्छा, नेपाल झल्कने कलावस्तु र नेपाली खानाका विभिन्न परिकारहरु बनाएका थिए ।
कार्यक्रममा औपचारिक रुपमा (एनएएनटी) का प्रसिडेन्ट सुभाष पोखरेल, अष्ट्रेलियन साँसद् लुक घोस्लीङ, स्थानिय सरकारका मन्त्रीहरु पल कर्ली र केट वार्डनले शुभकामना मन्तव्य राखेका थिए ।
सोहि कार्यक्रममा नेपाली समुदायमा निरन्तर सहयोग गर्ने व्यक्तित्व एवं संस्थाहरुलाई मायाको चिनो प्रदान गरीएको थियो
कार्यक्रम अवधि भर विभिन्न नृत्य गायन एवं कविता वाचनहरु भएको थियो ।
कार्यक्रममा लगभग छ हजार व्यक्तिहरु सहभागि भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै
-
आज यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा