शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘मिसेस नेपाल आइकन २०१९’ आस्था घोषित

मङ्गलबार, १४ साउन २०७६, १३ : ४६
मङ्गलबार, १४ साउन २०७६

काठमाडौं–ललितपुरको खुमलटार निवासी आस्था राणा ‘मिसेस नेपाल आईकन २०१९’ घोषित भएकी छन् । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा उनले मिसेस र्याम्वाक, मोष्ट फोटोजेनिक र मोष्ट पपुलर उपाधि समेत हात पारिन् ।
 
प्रतियोगितामा मन्दिरा अधिकारी मोष्ट ट्यालेन्ट उपाधि सहित फष्टरनर अप र अस्मिता गौतम मिसेस ब्युटिफुल सहित सेकेन्ड रनरअप घोषित भए ।

एएनपी मिडिया हाउसद्धारा आयोजित प्रतियोगितामा अभिनेत्री सञ्चिता लुइँटेल, आइडल स्कूलका संस्थापक निर्देशक पूर्ण लामा, सञ्चारकर्मी तथा कलाकार सूर्य चन्द,  संगीतकार सरोज प्याकुरेल, एलिजा महर्जन, चन्दा थापा गिरी लगायत निर्णायक रहेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप