आजतकले राजेश हमाललाई भन्यो, ‘नेपाली सिनेमाका अमिताभ बच्चन’
भारतीय संचार माध्यम आजतकले राजेश हमाललाई नेपाली सिनेमाका अमिताभ बच्चनको संज्ञा दिएको छ ।
सोमबार प्रकाशित एक समाचारमा आजतकले लेखेको छ, ‘५५ वर्षको उमेरमा राजेशको चर्चा नेपालमा त्यस्तै छ जस्तो भारतमा अमिताभ र शाहरुखजस्ता सेलिब्रिटीको छ ।’
नेपालका महानायकबारे केही रोचक तथ्यबारे जानकारी लिऔं भन्दै आजतकले उक्त समाचार प्रकाशित गरेको हो ।
उक्त समाचारमा राजेशले अभिनयमा आउनका लागि परिवारको निकै विरोध सहनु परेको पनि बताइएको छ । यसमा उनीद्वारा अभिनित फिल्मबारे पनि जानकारी दिइएको छ । साथै, यसमा राजेशले पिताको अन्तिम संस्कारमा कपाल नकाट्नुलाई उनको कपाल प्रतिको मोहको संज्ञा दिएको छ ।
उनी ‘को बन्छ करोडपती’ का उद्घोषक हुन् भनेर पनि त्यसमा जानकारी दिइएको छ । यसमा राजेशकी श्रीमतीबारे पनि जानकारी दिइँदै भनिएको छ, ‘राजेशले आफूभन्दा २२ वर्ष कान्छी मधु भट्टराइसँग विवाह गरेका छन् ।’ यी दुईको लभस्टोरीलाई निकै रोचक पनि बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एसीसी प्रिमियर कप क्रिकेट : नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य
-
सुप्रिम सहकारी प्रकरण: थुनछेक बहस सकियो
-
१२ बलमा १७ रन बनाउँदै आउट भए करण केसी
-
मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी
-
नेपालले सातौँ विकेट गुमायो, दुई रन बनाउँदै आउट भए सोमपाल
-
अर्धशतक बनाउँदै आउट भए सन्दीप जोरा