केन्द्रीय संस्करण

जनपक्षीयताबाट धनपक्षीयतामा बसाइँ सरेका नयाँ ‘राजनेता’हरु

जति ठूलो पापी त्यति ठूलो सन्त

person explore access_timeसाउन १४, २०७६ chat_bubble_outline1
मुक्तिबन्धु

रातोपाटी

यो हिन्दीभाषीहरुमा प्रचलित एउटा उखान हो— ‘जितना बडा पापी उतना बडा सन्त’ । यस उखानका सटीक दृष्टान्तहरु सन्तपरम्परामा भेटिन्छन् पनि । खोजीपस्दा यसका धार्मिक मनोवैज्ञानिक आधार पनि भेटिन सक्छन् । सन्त बन्न पहिले पापी बन्नैपर्छ भन्ने आप्तवचन अथवा सिद्धान्तसूत्रहरु भने कतै भेटिएका छैनन् । यो धार्मिक, साँस्कृतिक, सामाजिक वा राजनीतिक नियमै चाहिँ होइन । यसैले मानव समाजमा हुर्कँदैदेखिका असल मानिसहरु पनि प्रायः भेटिन्छन् । खराब पनि भेटिन्छन् । पहिले असल रहेर पछि खराब बनेका पनि भेटिन्छन् । गाउँका हाम्रा बनलाहुरे काका भन्नुहुन्छः ०४७ सालसम्म कांग्रेसीहरु खराब थिएनन् । ०५२ सम्म कम्युनिष्टहरु असल थिए । सत्ताबाहिरका कम्युनिष्टहरु त ०६३ सालसम्म असल थिए । खास्सा थिए । जनताका हितभलोका कुरा गर्थे । त्यसपछि सबै बिग्रे । सबै रत्नाकरहरु वाल्मीकि त बन्दैनन् नै । हाम्रोमा त पछिल्लो तीन दशकमा एउटै पनि रत्नाकर वाल्मीकि बनेको कथा भेटिन गाह्रो छ । वाल्मीकिहरु रत्नाकर बनेका उदाहरणहरु भने हामीकहाँ यत्र तत्र सर्वत्र भेटिने गरेका छन् ।

*******

सम्झनुस् त, यिनै प्रचण्ड, यिनै ओली र माधव प्रवृत्ति आजका शीर्ष, उपशीर्ष र शीर्षहीनहरु पनि कुनै समय जनताका लागि आस्थाका धरोहरजस्ता थिए । आज जनता यिनीहरुसँग वाक्कदिक्क भएको छ । टिभीमा अनुहार हेर्नसम्म रुचाउँदैन ।

*******

सम्झनुस् त, यिनै प्रचण्ड, यिनै ओली र माधव प्रवृत्ति आजका शीर्ष, उपशीर्ष र शीर्षहीनहरु पनि कुनै समय जनताका लागि आस्थाका धरोहरजस्ता थिए । आज जनता यिनीहरुसँग वाक्कदिक्क भएको छ । टिभीमा अनुहार हेर्नसम्म रुचाउँदैन ।

यस्तो किन भयोे ? यस सम्बन्धमा  एकजना अग्रज तथा वरिष्ठ साहित्यकार मित्र भन्नुहुन्छ, “हामीकहाँ परम्परागत संस्कृति र संस्कारले नै यस्तो भएको हो । दरबारलाई केन्द्र मान्ने र जसरी पनि अनुग्रह प्रप्तिका लागि दरबारै घुम्ने राजनीतिक संस्कार र संस्कृतिले यस्तो भएको हो । हामीकहाँ दरबारको समर्थन गरे पनि विरोध गरे पनि राजनेताहरुको जीवनस्तरको मोडेल चाहिँ दरबार नै भइदियोे । नेता बनेपछि शीर्षस्थ पनि बन्नुपर्ने, संविधान र कानूनभन्दा माथि विराजमान पनि बन्नुपर्ने, माननीय सम्माननीय बन्नु पर्ने, आफ्नो निश्चित भूक्षेत्र चाहिने, रैती चाहिने, गुट बनाएर विशेष नायकत्वको मजा लिनु पर्ने,  आफ्नो गुटको छुट्टै रक्षक, भारदार माफिया, बिचौलिया आदिका साथै परिआउँदा विरोधीमाथि आक्रमण गराउन गुण्डा एवम् डनहरुको एउटा टुकडी पनि आफ्नै हुनुपर्ने, कानूनभन्दा माथि विराजमान बनिन अख्तियारजस्ता संस्थालाई मन्त्री, प्रधानमन्त्री र शीर्ष राजनेताहरुमाथि कार्बाही गर्न नसक्ने किसिमले डिजाइन गरिनुपर्ने, मन्त्री परिषद्का निर्णयका नाममा योजनाबद्ध रुपमा नीतिगत भ्रष्टाचरलाई संस्थागत गर्नैपर्ने, कानुन मिचेर वा छलेर अकूत सम्पत्ति आर्जन गर्नैपर्ने । आफ्नो ठान, मान, सम्मान दिगो राख्नका लागि बेला बेला सीमापारी वा समुद्रपारी पुगेर पनि महासामन्तहरुको दर्शन गर्नैपर्ने, उपहार टक्राउनैपर्ने, आशीर्वाद थाप्नै पर्ने । जसरी पनि सत्ताको लगाम समात्न मन लाग्ने र समातेपछि छोड्न मनै नलाग्ने । यो संस्कृति निक्खरा सामन्ती संस्कृति होइन र ? हुकुमी शासनकै उत्तरआधुनिक संस्करण होइन र ?

*******

आफ्नो ठान, मान, सम्मान दिगो राख्नका लागि बेला बेला सीमापारी वा समुद्रपारी पुगेर पनि महासामन्तहरुको दर्शन गर्नैपर्ने, उपहार टक्राउनैपर्ने, आशीर्वाद थाप्नै पर्ने । जसरी पनि सत्ताको लगाम समात्न मन लाग्ने र समातेपछि छोड्न मनै नलाग्ने । यो संस्कृति निक्खरा सामन्ती संस्कृति होइन र ? हुकुमी शासनकै उत्तरआधुनिक संस्करण होइन र ?

*******

पहिलेका सामन्तहरु पनि यसै गर्थे । पहिलेका सामन्तहरुको पनि ठान मान रङ्ग रवाफ यस्तै हुन्थ्यो । उनीहरु पनि कानूनभन्दा माथि विराजमान हुन्थे ।  रैतीमाथि हुकुम चलाउँथे । उनीहरुको हुकुम नै रैतीका लागि कानून हुन्थ्यो । त्यसमाथि कुनै अदालतमा प्रश्न उठाउन पाइँदैनथ्यो । जस्तै अहिले मन्त्रीपरिषद्को नीतिगत निर्णयमाथि अदालतमा प्रश्न उठाउन पाइँदैन भनिन्छ । प्रकृति हूबहू त्यही हो । पहिलेका सामन्तहरु पनि जनताका धनमा व्रह्मलूट गर्थे । ज्यूधन सरकारको भनिन्थ्यो । अहिले पनि मूठभेडको भाषामा त्यही नै भनिन्छ । सामन्तकालमा पनि जनताका ज्यानको कुनै सम्मान थिएन । जहाँ जतिबेला जसरी पनि रैती बिचरो मारिन सक्थ्यो । थुनिन सक्थ्यो । मुलुकभित्र जनतामाथि हुकुमी शासन चलाउने र आफ्नो त्यो हुकुमी शासन जोगाउन वर्षौं हिँडेर महासामन्तका दरबारमा पुग्ने र  महासामन्तका अगाडि लम्पसार पर्दै उपहार टक्राएर आशीर्वाद थाप्ने सामन्तहरुका कथा हाम्रा जनस्मृतिमा आज पनि ताजा छन् ।

हाम्रा आजका यी उत्तरआधुनिक ‘कम्युनिष्ट’ राजनेताहरुले  पनि विगतका सामन्तहरुको यो संस्कृति दरबारको परिक्रमाबाटैै आत्मसात् गरेका हुन् । पहिले पहिले जनतासँगै रहँदासम्म नेताहरु असल थिए ।  दरबार परिक्रमाका क्रममा रैतीका रगतकोे स्वाद पाएपछि यिनीहरु जनस्तरीय तथा जनपक्षीय रहन सकेनन् । जनताको बलमा दरबार त बढारियो । नेताहरुमा सङ्क्रमित दरबारिया संस्कार संस्कृति बढारिएन । मलजल पाएर बरु अरु झाङ्गियो । यी आजका नयाँ ‘राजनेता’हरु ‘नयाँराजा’ भएर हिजोको जनपक्षीयताबाट आजको धनपक्षीयतामा बसाइँ सरेका छन् । अव यी सर्वसाधारण जनतामा फेरिन सक्दैनन् । जननेतामा फेरिन पनि सक्दैनन् । यिनीहरुबाट देश र जनताका हित भलाइको आशा गर्नुको कुनै तुक छैन ।”

*******

जनताको बलमा दरबार त बढारियो । नेताहरुमा सङ्क्रमित दरबारिया संस्कार संस्कृति बढारिएन । मलजल पाएर बरु अरु झाङ्गियो । यी आजका नयाँ ‘राजनेता’हरु ‘नयाँराजा’ भएर हिजोको जनपक्षीयताबाट आजको धनपक्षीयतामा बसाइँ सरेका छन् ।

*******

हाम्रा गाउँका सक्खरव्यवसायी रेशम काकाको कुरा भने अलि बेग्लै छ । वहाँले गत शनिबार गाउँबाट आउँदा–आउँदैको एक भेटमा सासै नफेरिकन भन्नुभयो— “संस्कृतभाषाका नेपाली आदिकवि वाल्मीकि जीवनको पूर्वार्धमा रत्नाकर नामका डाँकू थिए । गैँडाकोटको जङ्गलतिर बसेर डँकैतीको व्यवसाय गर्थे । हिमालबाट झरेका तपस्वी ऋषि नारदको मार्गदर्शन पाएपछि उनी फेरिए । आचरण सुधारेर उनी पनि ऋषि बने । जनउपकारी बने । समाजसेवी बने । जनताले उनको नाम फेरेर वाल्मीकि बनाइदियो । प्रतिभाशाली थिए । प्रसिद्ध रामायण महाकाव्यका प्रणेता बने । रामका दरबारबाट निष्काशित सीता र उनका गर्भस्थ शिशुहरुका आश्रयदाता पनि बने । जीवनको पूर्वार्धमा अङ्गुलीमाल भयङ्कर सन्त्रासदायक नाम थियो । महात्मा बुद्धलाई भेटेपछि उसले हत्याश्रृङ्खलाको माला फुकालेर बुद्धको चरणमा राखिदियो  र त्यसै क्षणबाट महात्मा बुद्धको अनुयायी बन्यो । भयङ्कर योद्धा सम्राट् अशोकलाई रणभूमिको वीभत्सता–दृश्यले अनायास बुद्धमार्गी बनायो । अहिँसक बनायो । इतिहासमा यस्ता दृष्टान्तहरु अरु पनि भेटिन्छन् । हाम्रा यी आजका राजनेताहरु पनि सुध्रन्छन् । बुद्धिबङ्गारो फुक्लन थालिसक्यो । अव सुध्रन्छन् । गलत कामको भारी बोक्दा बोक्दा थाकिसकेका छन् । अव असल काममा फर्कन्छन् । अवश्य फर्कन्छन् । नफर्की धरै छैन । हेर्नुस् ‘जति ठुलो पापी उति ठुलो सन्त’ भनेको साँचो हो । हाम्रो गाउँको कर्णसिंग खत्री आफ्नो बैँसमा खतरनाक बदमास थियो । त्यसले के माात्र उपध्रो गरेन ? साठी नाघेपछि त्यही खत्री महादानी भएर निस्क्यो । महान् उपकारी भएर निस्क्यो । उसले आफ्नो भएभरको सम्पत्ति गाउँको स्कुललाई दान दियो । अहिले गाउँलेहरु इन्साफ चाहियो भने उसैकहाँ पुग्छन् । अहिले हाम्रा प्रधानमन्त्री ओलीको पनि सच्चिने कुरो छ । लगातार गल्ती गरिआएकाहरुलाई कहाँ कहाँ सच्चिने भन्ने जानकारी पनि अद्यावधिक नै रहन्छ । वहाँ अब सँच्चिनुहुन्छ ।

*******

सँच्चिनु भनेको सुध्रनु हो, परिवर्तन हुनु हो । प्रधानमन्त्री सँच्चिनुभयो भने मन्त्रीहरु स्वतः सँच्चिन्छन्, सचिवहरु सँच्चिन्छन्, शासनप्रशासनका हाकिमहरु सबै सँच्चिन्छन् ।

*******

सँच्चिनु भनेको सुध्रनु हो, परिवर्तन हुनु हो । प्रधानमन्त्री सँच्चिनुभयो भने मन्त्रीहरु स्वतः सँच्चिन्छन्, सचिवहरु सँच्चिन्छन्, शासनप्रशासनका हाकिमहरु सबै सँच्चिन्छन् । यीमध्ये कतिले  मुलुकका प्रगतिका लागि आफ्नो सम्पत्ति देश र जनताका नाममा अर्पण गर्न पनि सक्छन्  । ‘त्वदीयं वस्तु गोविन्द तुभ्यमेव समर्पितम्’ गर्न पनि सक्छन् । भोगी जीवन सँच्याउन र जोगीजीवन अपनाउन पनि सक्छन् । यसो भयो भने मुलुकमा साधन सम्पत्तिको खोलो बग्छ । उद्योग कारखानाहरु खुल्छन् । राम्रा विद्यालयहरु बन्छन् । राम्रा हस्पिटलहरु बन्छन् । मुलुकको  मस्तिष्क र उर्जा विदेशिनुबाट  रोकिन्छ । विदेशिएकाहरु नयाँ नयाँ सपना कल्पना र उत्साह उमंङ्ग बोकेर स्वदेश फर्कन्छन् । अन्धेरनगरी बनिसकेको यो देश उन्नति प्रगतिले झलमल्ल उज्यालो मुलुकमा फेरिन सक्छ । धमिराहरु कमिलामा फेरिए भने विनाश रोकिन र विकास ब्युँझन असम्भव छैन । यो सम्भव छ । नेताहरु बुढाको पयोमा लागिसके । बुद्धिबङ्गारो हल्लिसक्यो, फुक्लिसक्यो । अङ्गुलीमालले महात्मा बुद्ध भेटेको उमेर नाघिसके । अब यिनीहरु जनताका जनवादी सन्त बन्न सक्छन् । म त आशावादी छु ।”

हाम्रा रेशम काकाले यही ११ साउन शनिबारको एउटा  राष्ट्रिय दैनिकमा प्रकाशित “आपैmलाई सँच्याउँदै प्रधानमन्त्री” शीर्षकको अग्र समाचार पढ्नु भएछ । छङ्छङ् छहराको जस्तै वहाँको उत्साहको जोडदार स्रोत बनेछ त्यो समाचार । वहाँले भन्नुभयो, “हाम्रा वर्तमान प्रधानमन्त्री ओली धेरै बुद्धिमान् हुनुहुन्छ । वहाँले पूर्वापर सोचविचार गरेरै सँच्चिन शुरु गर्नुभएको हुनुपर्छ । पत्रिकाले सँच्चिने सङ्कल्पको विवरण बुँदागत रुपमै पस्केको छ । जस्तै (१) पार्टी एकता टुङ्याउन सकारात्मक हुने, (२) कटाक्षमय अभिव्यक्ति परम्परालाई संयमित गर्ने, (३) सल्लाहकार कोटरीको सानो घेरालाई तोड्ने, (४) सल्लाहकारहरुले नरुचाएका नेताकार्यकर्ताहरुसँग पनि भेट्ने, (५)मन्त्री र सचिवहरुलाई सन्देश दिँदा स्पष्ट सन्देश दिने, (६)गुटमै पनि फराकिलो बन्ने, (७) शीर्ष नेताहरुसँग सम्वाद गर्ने, (८) असन्तुष्टलाई मन्त्री बन्न अफर दिने, (९) जनतासँग प्रधानमन्त्री कार्यक्राम बन्द गर्ने, (१०) नयाँ विधेयक ल्याउँदा सरोकारवालाहरुसँग छलफल गरेर मात्र ल्याउने (११) आलोचकहरुलाई बोलाएरै भेट्ने, (१२) गल्ती हुँदा जनतासँग माफी माग्ने आदि ।”

सवै विवरण बर्बराएपछि काकाले थप खुसी व्यक्त गर्दै भन्नुभयो, “आरम्भ बडो गज्जब छ । दुईतिहाई प्राप्त प्रधानमन्त्री ओलीमा आत्मनिरीक्षणको जाँगर जाग्नु र सँच्चिने महा सङ्कल्प पलाउनु चानचुने कुरा होइन । यो त साँच्चिकै खुसीको कुरा हो । सँच्चिनु भनेको सुधारिनु हो । प्रधानमन्त्री स्वयम् सुधारिनुभएपछि शासन प्रशासनमा रहेका ठूलाबडा सवै सुधारिएलान् भन्ने आशा गर्ने ठाउँ बन्छ । आपूmबाटै सुधार शुरु गर्नु हुने भएपछि हाम्रा प्रधानमन्त्री अब साँच्चिकै लोकतान्त्रिक र जनमुखी प्रधानमन्त्रीमा अनुदित हुनुहुनेछ भन्नेमा शङ्का गर्नैपरेन । बरु यो सुधारको महासङ्कल्पमा यस मुलुकबाट भ्रष्टाचार लाई निर्मूल गरिछाड्ने बुँदा पनि जोडिनु आवश्यक छ । नीतिगत आवरणमा भ्रष्टाचार गर्नेहरु, संस्थागत भ्रष्टाचार चलाउनेहरु अथवा कुनै पनि परिधानका भ्रष्टाचारीहरु चाहे ती मुलुकका  शीर्ष पुरुषहरु वा शीर्ष नारी नै किन नहुन् बिनापक्षपात तिनीहरुमाथि कठोरतम कार्बाही गर्न अख्तियारलाई पर्याप्त अधिकार प्रदान गर्ने अठोट पनि सङ्कल्पमा जोडिन पाए सँच्चिनुमा अरु चमक थपिँदो हो । शासनमा सु थपिएर सुशासन बन्दो हो । हैन त भतिज ? प्रधानमन्त्रीका विद्वान् सल्लाहकारहरुले यो सुझाव दिन सक्लान् ?”

*******

मूठभेडका नाममा नागरिक मारिन्छन् । लेखक कलाकार पत्रकार बुद्धिजीवी जल्लाई पनि पक्रेर झुट्टा मुद्दा लगाउने, दुःख दिने चलन पनि पुनः फर्केर आएको छ ।

*******

“खै ! ?” एक छिन सोचेर काकाले भन्नुभयो, “महिलाहिंसामा तदारुक कार्वाही छैन । मूठभेडका नाममा नागरिक मारिन्छन् । लेखक कलाकार पत्रकार बुद्धिजीवी जल्लाई पनि पक्रेर झुट्टा मुद्दा लगाउने, दुःख दिने चलन पनि पुनः फर्केर आएको छ । मुलुक  जता हे¥यो त्यतै भत्केको अवस्था छ । राजनीतिमा लाग्नेहरु उत्पादनमा सरिक छैनन् । शतप्रतिशत परजीवी छन् । परजीविताबाट कमिसनगिरी, लुटपाट जस्ता नराम्रा प्रवृत्तिले हुर्कने अवसर पाएको छ । हेर्दैजाँदा सँच्चिन पर्ने ठाउँहरु धेरै छन् । प्रधानमन्त्रीमा साँच्चिकै विवेक र आवश्यक इच्छाशक्ति भएन भने त खै के होला र ? जनताले फेरि पनि सडकमा आउनु पर्ला ! अरु उपाय के हुनसक्छ र खै ?!” काकाले दीर्घ निश्वास छोडेर आकाशतिर हेर्नुभयो ।

आकाशमा बालो बादल मडारिँदै थियो । बादलमा कतै पनि सन्तका चित्रहरु बनेका थिएनन् ।

Title Photo: https://maryleesdream.files.wordpress.com

कमेन्ट

  1. Aug. 1, 2019, 9:09 a.m. SATYA NARAYAN CHAUDHARY
    लेख धेरै राम्रो लाग्यो प्रेरणा दायक रहेछ /यस्तै लेखहरु पढन पाऊ |
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...