शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाको एक विमानस्थलमा यात्रुको लगेजमा जब मिसाइल लञ्चर भेटियो

मङ्गलबार, १४ साउन २०७६, १० : १६
मङ्गलबार, १४ साउन २०७६

एजेन्सी । अमेरिकाको बाल्टिमोरस्थित विमानस्थलका सुरक्षाकर्मीले यात्रुको लगेज चेकजाँच गर्ने क्रममा मिसाइल लञ्चर भेटेका छन् ।

विमानस्थलको सुरक्षाको जिम्मेबारी पाएको ‘ट्रान्सपोर्टेसन सेकुरिटी एडमिनिस्ट्रसन(टीएसए)’का अधिकारीले उक्त शक्तिशाली सैन्य उपकरण भेटेका हुन् । 

विमान यात्रुको लगेजमा मिसाइल लञ्चर भेटिएपछि टीएसएका अधिकारीनै आश्चर्यमा परेका थिए ।

घटना सोमबार विहान बाल्टिमोर÷वाशिन्टन अन्तर्राष्ट्रिय थरगुड मार्सल विमानस्थलको हो ।

मिसाइल लञ्चर बोक्ने यात्रु टेक्ससको ज्याक्सनभिलका बासिन्दा रहेको टीएसए अधिकारीले बताएका छन् । अधिकारीका अनुसार उनी सक्रिय सैन्य सदस्य रहेकाले सम्झनाको लागि मिसाइल लञ्चर आफूसँग राख्न चाहेका थिए । 

घटनाबारे स्पष्ट पार्नको लागि टीएसएले विज्ञप्ति जारी गरेको छ ।

नाम उल्लेख नगरिएको यात्रुलाई सोधखोजको लागि हिरासतमा लिइएको थियो । उनले टीएसएका अधिकारीलाई आफू सेनामा सेवारत रहेको र त्यस समय कुवेतबाट अमेरिका फर्किरहेको बताएका थिए ।

लञ्चर सक्रिय थिएन, त्यसलाई तत्कालै जफत गरियो । जफत गएिको लञ्चर राज्यको फायर मासललाई हस्तान्तर गरिएको छ ।

टीएसएले आफ्नो विज्ञप्तीमा हवाई यात्रुले कुनै प्रकारको सैन्य हतियार बोकेर हिँड्न नपाउने स्पष्ट पारेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप