रोनाल्डोलाई स्पेनमा ‘मार्सा लिजेन्ड अवार्ड’
पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डोलाई स्पेनको प्रतिष्ठित ‘मार्सा लिजेन्ड अवार्ड’ प्रदान गरिएको छ । सोमबार राति आयोजित विशेष समारोहबीच रोनाल्डोलाई यस अवार्ड प्रदान गरिएको हो । स्पेनको चर्चित पत्रिका मार्काले उत्कृष्ट खेलाडीलाई यस अवार्डबाट सम्मान गर्ने गर्दछ ।
इटालियन क्लब युभेन्ट्समा खेलिरहेका रोनाल्डोलाई यसपटक स्पेनमा अवार्ड दिएपछि रियल म्याड्रिडका उनका सर्मथक खुशीले गदगद भएका छन् । रोनाल्डो नौ बर्ष रियलमा बिताएर अघिल्लो सिजन युभेन्ट्स गएका थिए । रोनाल्डोले गत सिजन युभेन्ट्सबाट दुई ठूला उपाधि जिते । उनी इटालियन सिरी ‘ए’ को सर्वोत्कृष्ट खेलाडी समेत भए । युभेन्ट्सका लागि उनले २८ गोल गरेका थिए । रोनाल्डोले हालै पोर्चुगललाई युइएफए नेसन्स लिग उपाधि समेत जिलाएका थिए । ३४ वर्षीय रोनाल्डा उमेरले पाको भएपनि उनको जोश अझै उच्च स्तरको छ । रोनाल्डो इङ्लिस क्लबबाट प्रिमियर लिग, स्पेनबाट ला लिगा र इटालीबाट सिरी ‘ए’ जित्ने एक मात्र खेलाडी हुन् ।
रोनाल्डोले पाँच युरोपिनय च्याम्पियन्स लिग, चार क्लब विश्वकप, तीन युरोपियन सुपर कप, तीन प्रिमयिर लिग, दुई ला लिगा, एक सिरी ए, एक युरो कप र एक युइएफए नेसन्स लिग विजेता रोनाल्डोलाई उनको क्षमताको कदर गर्दै ‘मार्सा लिजेन्ड अवार्ड’ बाट सम्मान गरिएको हो । पाँच पटकका बालोल डी’ओर विजेता रोनाल्डोलाई उनका पूर्व क्लब रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले अवार्ड प्रदान गरेका थिए । अवार्ड समारोहमा रोनाल्डो परिवारसहित पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित १० जना पक्राउ
-
रास्वपा प्रतिनिधिलाई वितरण गरिएको झोलाभित्र के छ ?
-
रास्वपा महाधिवेशनः केन्द्रीय सदस्यमा निवर्तमान महामन्त्री बुर्लाकोटीको उम्मेदवारी, गृहमन्त्री गुरुङ प्रस्तावक
-
तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि, सतर्कता अपनाउन आग्रह
-
‘आई एम ब्याक !’ आलोचकलाई रोनाल्डोको सानदार जवाफ
-
विपद् प्रतिकार्य तालिम तथा सचेतनामूलक कार्यक्रम सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण