शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय

फेरियो मोटरसाइकल चोर्ने तरिकाः चोरी काठमाडौँमा, किनबेच चितवनमा

मङ्गलबार, १४ साउन २०७६, ०६ : २७
मङ्गलबार, १४ साउन २०७६

मोटरसाइकल चोरले अहिले चोर्ने शैली फेरेको पाइएको छ । महाशाखा प्रमुख एसएसपी बसन्त पन्तका अनुसार अहिले चोरले नयाँ मोटरसाइकल चोर्ने र त्यसको पार्टपुर्जा मात्र बेच्न थालेका छन् । 

‘काठमाडौँमा चोरी भएको मोटरसाइकलको खोजी गर्न टोली चितवन पठायौँ, त्यहाँ अनुसन्धान गर्दा छक्क परियो,’ उनले भने, ‘चोरले मोटरसाइकलको पार्टस् मात्र बचेको पाइयो ।’ 

उनका अनुसार पुराना लटका मोटरसाइकलधनीले केही वर्कसपको सम्पर्कमा चोरका गिरोहबाट नयाँ मोटरसाइकलका पार्टस् किन्ने गरेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुवास गोतामेले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप