नेपाल मेडिसिटीद्वारा ६० उद्यमीहरुको स्त्री तथा प्रसुति जाँच
ललितपुुर– नेपाल मेडिसिटी अस्पतालको स्वास्थ्य टोलीले मानुषीका ६० उत्पादकहरुको स्त्रिी तथा प्रसुति जाँच गरेको छ । ललितपुरमै केन्द्रिय कार्यालय रहेको मानुुषी तथा ललितपुरमै स्थित नेपाल मेडिसिटी अस्पतालको संयुक्त पहलमा निःशुुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
चबहिल स्थित कारखानामा आयोजित शिविरमा उत्साहजनक सहभागिताका बीच महिलाहरुले चिकित्सहरुसंग परामर्श गराएका छन् । अस्पतालकि स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. सुनिता विश्वकर्मा, मेडिकल अफिसर डा. मनिषा झाको नेतृत्वमा ६० उत्पादकहरुको स्वास्थ्य जाँच गरिएको हो ।
अधिकांश महिलाहरुको स्वास्थ्य स्थिती सामान्य देखिएको र केहिको भने बहुुसंख्यामा समस्या देखिएको चिकित्सकको प्रतिक्रिया छ । महिनावारी गडबड, तथा प्रेसर र सुगर सम्बन्धि सामान्य असन्तुलन भने धेरै महिलाहरुमा देखिएको छ । असामान्य अवस्थामा रहेका सहभागीहरुलाई भने उपचारका लागि नेपाल मेडिसिटी अस्पतालमा ल्याइने छ ।
सबैको पहुँचमा रहेको नेपालकै पहिलो र एक मात्र अन्तराष्ट्रिय अस्पताल, नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले सृजनशिल तथा हस्तकला क्षेत्रमा काम गर्ने महिलाहरुको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आएकाले यस किसिमको शिविर आयोजना गरेको बताए ।
मानुुषी प्रा.लिका अध्यक्ष पद्माशना शाक्यले दिनहँ कामकाजमा खटिने महिलाहरुले आफ्नो भन्दा पनि परिवारको ख्यालमा ध्यान दिने भएकाले आफ्नो स्वास्थ्य स्थितीबारे चेत रहुन भन्ने उद्देश्यले यो शिविरको आयोजना गरिएको बताइन । उनले नेपल मेडिसिटीसँग यस किसिमको सहकार्यलाई निरन्तरता दिने जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन आयोगले भन्यो– चुनाव हुने स्थानमा शंकास्पद व्यक्तिलाई प्रवेश नदिनु
-
एम्बुलेन्समा लागुपदार्थ कारोबार
-
सुधारिएको स्वास्थ्य मन्त्रालय बनाउनुपर्नेछ : मन्त्री पौडेल
-
मह चोरीको घटनामा अदालतले सुनायो चार वर्षको जेल सजाय
-
अमेरिका र चीनबिच कैदी साटासाट
-
ट्रम्पसँग डिनरमा गए जुकरबर्ग, चार वर्षअघि ट्रम्पमाथि लगाएका थिए प्रतिबन्ध