युवाको सुरक्षित भविष्यका लागि ‘करियर टक’, विद्यार्थी देखि बैंकरसम्मको सहभागिता
काठमाडौं– शिक्षा प्रदायक संस्था प्लाटोनिक एजुकेशन सर्भिसले शुक्रबार राजधानिमा ‘करिअर टक’ आयोजना गरेको छ । सुरक्षित भविष्यको लागि युवाले चाल्नुपर्ने उचित कदमको बारेमा जानकारी दिने उद्देश्यले प्लाटोनिकले ‘करिअर टक’ आयोजना गरेको हो ।
कार्यक्रम व्यबस्थापन संकायमा प्लस टु सकेका विद्यार्थीलाई लक्षित गर्दै आयोजना गरिएको थियो । करियरसँग सम्बन्धित रहेर बैंक तथा वित्तिय संस्था, पर्यटन, सुचना तथा सञ्चार प्रविधि (आईटी)का साथै प्रेरणात्मक तथा आत्मविश्वास कसरी मजवुद बनाउने भन्ने विषयमा कार्यक्रमका वक्ताहरुले प्रस्तुति दिएका थिए ।
कार्यक्रममा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञावलीले व्यवस्थापन संकायका विभिन्न क्षेत्रको जानकारी दिनुका साथै आत्मविस्वास र मेहनत गरेको खण्डमा आफ्नो उद्देश्य प्राप्त गर्न सकिने ज्वलन्त दृष्टान्त प्रस्तुत गरेका थिए । आफ्नो सफलताको उदाहरण दिँदै उनले सफलताका लागि अहिले देखिनै प्रशस्त मेहनत गर्नुपर्ने धारणा राखे ।
यस्तै नेपाल टुरिजम बोर्डका बरिष्ठ व्यबस्थापक सुनिल शर्माले टुरिजममा भविष्य खोज्न चाहने युवाका लागि प्रशस्त अवसर रहेको बताए । उनले नेपालको सकरात्मक पक्षलाई आत्मसाथ गरि सामाजिक सञ्जाल या अन्य माध्यमबाट सकृय रहेर नेपाललाई विश्वसामु चिनाउन सम्पूर्ण युवाहरुलाई उत्प्रेरित गरे ।
राजधानिका विभिन्न कलेज साथै संघ संस्थाको सहभागितामा आयोजित कार्यक्रममा प्लाटोनिक एजुकेशनका प्रबन्ध निर्देशक अजय महतले सो कार्यक्रम युवाहरुले आफ्नो भविश्य निर्धारण गर्न र सकारात्मक सोचका साथ अगाडि बढ्न सहयोगी रहने बताए ।
कार्यक्रममा सीसीए स्कूल अफ एकाउन्टेन्सीले पनि सहभागिता जनाएको थियो । सुरक्षित भविष्यका लागि करियर टक आजको आवश्यकता भएको र आगामि दिनमा पनि कलेजले विभिन्न करियर केन्द्रित कार्यक्रमको आयोजना गर्ने कलेजका निर्देशक मनिष शर्माले बताए ।
कार्यक्रममा युवा हास्य कलाकार सुजन जिम्वा, नेपाली जादुगर महादेव त्रिपाठीका साथै विभिन्न युवा कलाकारहरुले उत्कृष्ट प्रस्तुति दिएका थिए ।
कार्यक्रममा व्यबस्थापन संकायमा प्लस टु सकेका करिब ५०० विद्यार्थीहरु सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीले अझै स्वीकारेनन् अदालतको आदेश, भने– ‘संविधानको अपव्याख्या गरी सरकारबाट विस्थापन गरिएको थियो’
-
राजतन्त्रलाई फर्काउन खोज्ने प्रयास सफल हुने कुनै सम्भावना छैन : ओली
-
सहकारी घोटाला छानबिनमा सरकार गम्भीर छैन: डा. आरजु राणा
-
सातामा प्रतितोला ३०० रुपैयाँले बढ्यो सुनको मूल्य
-
पाकिस्तानको क्षेप्यास्त्र कार्यक्रमका लागि सामग्री दिने चार कम्पनीमाथि अमेरिकाको कारबाही
-
विभिन्न जिल्लामा तीन जना मृत अवस्थामा फेला