शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हेपाटाइटिस बी भएमा कोरियन र आयुर्बेदिक औषधीको प्रयोग नगर्न डाक्टरको सुझाव

सोमबार, १३ साउन २०७६, १६ : २०
सोमबार, १३ साउन २०७६

ललितपुर– अल्का अस्पतालले अन्तर्राष्ट्रिय हेपाटाइटिस दिवसको अवसरमा निशुल्क हेपाटाइटिस बी जाँच गरेको छ । लाइन्स क्लव अफ काठमाडौं अल्का डिस्ट्रिक ए टु को सहकार्यमा अल्का अस्पतालले निशुल्क हेपाटाइटिस बी जाँच गरेको हो । 

आइतबार विहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म निशुल्क हेपाटाइटिस बी जाँच गरिएको अस्पतालले जनाएको छ । अस्पतालले निशुल्क हेपाटाइटिस बी जाँचका साथै फ्रि स्क्रिनिङ टेष्ट समेत गरेको थियो । 

अल्का अस्पतालका कलेजो रोग विशेषज्ञ डाक्टर अनन्त श्रेष्ठका अनुसार यो रोग विशेष गरी ६ वर्षदेखि १५ वर्षसम्मका बालबालिकामा देखिने गरेको छ । बालबालिका खेल्दा हेपाटाइटिस संक्रमित भएको बालकहरुको घाउचोटबाट रगत निस्कदा त्यसबाट पनि अन्यमा रोग रोग सर्ने उनले बताए । 

हेपाटाइटिस संक्रमित भएको मानिसबाट अरुलाई रगत दिदाँ र यौनसम्पर्क गर्दा हेपाटाइटिस बी लाग्ने श्रेष्ठले बताए । हेपाटाइटिस बी रोगका बारेमा सबैलाई जनचेतनाको आवश्यकता भएको उनले बताए । उनका अनुसार हेपाटाइटिस बी लागेपछि त्यसलाई निमुर्ल पार्न सकिँदैन । 

हेपाटाइटिस बी बाट बच्न समय समयमा रगत परीक्षण गर्ने र भ्याक्सिन लगाउन सकिने डाक्टर श्रेष्ठले बताए । अहिले बालबालिकाहरुलाई खोप तालिकामा नै सरकारले हेपाटाइटिस बीको भ्याक्सिन लगाउनुपर्ने व्यवस्था गरेको छ । 

पछिल्लो समय हेपाटाइटिस बी रोकथामका लागि कोरियन र आयुर्बेदिक औषधीहरु बजारमा पाइएता पनि त्यसको प्रयोग नगर्न डाक्टर श्रेष्ठले सुझाव दिएका छन् । त्यस्ता औषधिहरुले रोग निको नहुने भन्दै डाक्टर श्रेष्ठले भ्रममा नपर्न सबैसँग आग्रह गरे । समयमा उपचार नपाए दीर्घकालीन हेपाटाइटिस बी र सी संक्रमित व्यक्तिमा कलेजोको सिरोसिस भई उक्त अंगले काम नगर्ने अवस्था लिभर फेलियर आउने उनले बताए । 

यसबाट कलेजोको क्यान्सरको पनि उच्च जोखिम रहन्छ । कलेजो धेरै नबिग्रिएसम्म खासै केही लक्षण नदेखिनाले संसारभर नै दीर्घकालीन हेपाटाइटिस बी र सी संक्रमित १० मध्ये ९ जना आफू संक्रमित भएकोबारे अवगत नभएको श्रेष्ठले बताए ।

केही रगत परीक्षण र कलेजोको कडापन नाप्ने प्रविधिबाट संक्रमित व्यक्तिमा हेपाटाइटिस बी सक्रिय छ वा निष्क्रिय, सजिलै पत्ता लगाउन सकिन्छ । 
सक्रिय रहेको खण्डमा हेपाटाइटिस बी विरुद्ध एन्टिभाइरल औषधिको प्रयोगबाट यस जीवाणुलाई निस्क्रिय बनाउन र कलेजोको सिरोसिस वा क्यान्सर हुनबाट जोगाउन सकिन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप