बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ
सोमबार, १३ साउन २०७६, १४ : ४५
काठमाडौं– बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ।
पाँचथरको यासोक गाविस वडा नम्बर ८ घर भई भक्तपुरको बालकोट बस्ने पृथ्वी राज चेमजोङ्गलाई सीआईबीले काठमाडौंको गोंगबुबाट पक्राउ गरेर सोमबार सार्वजनिक गरेको हो ।
मन्जु श्रेष्ठको जाहेरीको आधारमा चेमजोङ्गलाई बैकिङ्ग कसूर मुद्दामा उच्च अदालत पाटनले २०७५ पुस १७ गते दश लाख चौरानब्बे हजार पाँच सय जरिवाना र १५ दिन कैद हुने फैसला गरेको थियो ।
चेमजोङ्गले आर्थिक ब्यबहार मिलाउने भनी श्रेष्ठसँग १० लाख ९४ हजार ५०० ऋण सापटी लिएको लिएकोमा प्रभु बैंकको रकम नभएको चेक दिएर बाउन्स गराएका थिए ।
उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएकोमा कैद भुक्तानका लागि केन्द्रिय कारागार कार्यालय सुन्धारा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा