शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गुगल क्रोम मंगलबारबाट अपग्रेड हुँदै, परिवर्तन हुनेछ तपाईंको ब्राउजिङ अनुभव

सोमबार, १३ साउन २०७६, १२ : ०९
सोमबार, १३ साउन २०७६

गुगलले आफ्नो क्रोम ब्राउजरलाई नयाँ क्रोम ७६ मा अपग्रेड गर्ने भएको छ । गुगलले यो अपडेटलाई ३० जुलाईमा रिलिज गर्नेछ । गुगलले यो अपडेटसहित क्रोम प्रयोगकर्ताको गोपनियतालाई पहिलेको भन्दा बलियो बनाइने जानकारी दिएको छ ।

केही दिन अघि इन्कग्निटो मोडमा पनि प्रयोगकर्ताको क्रियाकलापलाई वेबसाइटमार्फत् ट्र्याक गरिँदै छ भन्ने जानकारी प्राप्त भएको थियो । यसबारे गम्भीर हुँदै गुगलले क्रोम ७६ लिएर आएको हो । नयाँ ब्राउजरमा कस्ता विशेषता छन्, यसबारे जानकारी लिऔंः

पहिले नै डिसेबल हुनेछ फ्ल्याशः

गुगल क्रोमले अब सबै साइट्सका लागि एडोब फ्ल्याशलाई बाइ डिफल्ट डिसेबल राख्नेछ । प्रयोगकर्ताले यसलाई इनेबल गर्न सक्छन् तर फ्ल्याशको प्रयोग उनीहरुले क्लिक–टू–प्ले मोडमा मात्र गर्न सक्नेछन् । यसका साथै क्रोम प्रयोगकर्तालाई एक वार्निङ नोटिफिकेशन पनि पठाइनेछ जसमा सन् २०२० पछि क्रोमले फ्ल्याश प्लेयरलाई सपोर्ट नगर्ने बताइएको छ ।

इन्कग्निटो मोडलाई ट्र्याक गर्न नसकिनेः

केही वेबसाइटले फाइल सिस्टम एपीआई रिक्वेस्ट पठाएर प्रयोगकर्ताको इन्कग्निटो मोडलाई डिटेक्ट गर्ने गर्दथ्यो । केही वेबसाइट यो ट्रिकको मद्दतले इन्कग्निटो मोडमा बस्ने प्रयोगकर्तालाई ब्लक गर्ने गर्दथ्यो किनभने यसमार्फत् वेबमा पेवाल बाइपास गर्न सजिलो हुन्छ । नयाँ अपडेटमा गुगलले यो कमजोरीलाई हटाएको छ ।

अटोमेटिक डार्क मोडः

क्रोम ७६ आएपछि वेबासाइटमा प्रयोगकर्ताले आफ्नो अपरेटिङ सिस्टममा डार्क मोडलाई सेलेक्ट गरेको छ छैन भनेर थाहा पाउन सकिन्छ । यदि प्रयोगकर्ताले डार्क मोड अन गरेको छ भने साइट्सले स्वतः प्रयोगकर्तालाई डार्क थिममा कन्टेन्ट देखाउनेछ ।

एस्केप कीलाई हाइज्याक गर्न सक्नेछैनः

साधारणतया कुनै साइट भिजिट गर्दा एस्केप कीको आवश्यकता पर्दैन । यदि गल्तीले कुनै प्रयोगकर्ता मलिशस वेबसाइटमा पुग्छ भने त्योबाट बाहिर आउनका लागि एस्केप कीको आवश्यकता पर्छ । यो मलिशस साइट एस्केप कीलाई डिसेबल गरेर एकपछि अर्को पप–नोटिफिकेशनले प्रयोगकर्तालाई तनावमा पार्ने गर्छ । यस्तोमा एस्केपको मद्दतले प्रयोगकर्ताले साइटलाई लोड हुनबाट रोक्छ । क्रोम ७६ मा यसलाई फिक्स गरिएको छ र प्रयोगकर्तालाई अब यस्तो साइट्सबाट समस्या हुँदैन ।

क्रोम ओएसमा निकै सजिलै क्लियर हुनेछ नोटिफिकेशनः

धेरैजसो प्रयोगकर्ता क्रोम ओएसमा नोटिफिकेशनलाई क्लियर गर्न रुचाउँदैनन् । यस्तो यसकारण किनभने गुगलले यसलाई क्लियर गर्ने अप्सन ‘क्लियर अल’ बटन लिस्टमा एकदमै तल उपलब्ध गराउँछ ।

प्रयोगकर्तालाई तलसम्म स्क्रोल गर्न मन पर्दैन त्यसकारण उनीहरु यसलाई क्लियर गर्दैनन् । यद्यपि, अब यो परिवर्तन हुने भएको छ । नयाँ अपडेटमा प्रयोगकर्ताले क्लियर अल बटन माथि नै उपलब्ध हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप