कुमारी बैंकको परिवार सुरक्षा बचत खाता संचालनमा
काठमाडौं– कुमारी बैंक लिमिटेडले आफ्नो नयाँ बचत खाता “कुमारी परिवार सुरक्षा बचत खाता” प्रस्तुत गरेको छ ।
नेपालमै पहिलो पटक प्रस्तुत गरिएको यो खाताबाट परिवारका एक सदस्य – बुवा अथवा आमाको नाममा बचत खाता खोल्दा परिवारका चार सदस्य – आमा वा बुवा आफै, तथा दुई सन्तानको स्वतः बीमा हुने प्रावधान छ । यो बचत खातामा न्यूनतम १० हजार मौज्दात हुनुपर्नेछ । वार्षिक ६.५० प्रतिशत ब्याजदर लागू हुने यो खातामा निम्न विशेष सुविधाहरू रहेका छन् ।
यस खातामा २६ लाख सम्मको परिवारको बिमा गरिएको छ । जसमा दम्पतिको आकस्मिक दुर्घटना बिमा, पूर्ण शारीरीक अशक्तता बिमा, परिवारको सदस्यका लागि १० घातक रोगहरुका लागि बिमा, परिवारको औषधोपचारको बिमा सुविधा पनि उपलब्ध गरेको छ ।
यस खातामा इन्टरनेट बैंकिङ्ग – निःशुल्क, मोबाइल बैंकिङ्ग – पहिलो वर्ष निःशुल्क र दोस्रो वर्षदेखि न्यूनतम शुल्क र साथै भिजा डेबिट कार्ड – पहिलो वर्ष निःशुल्क र दोस्रो वर्षदेखि न्यूनतम शुल्क लागू हुनेछ । कुमारी बैंक लिमिटेडले हरेक वर्गका ग्राहकका लागि उच्च सुविधायुक्त सेवाहरू प्रदान गर्दै आइरहेको छ ।
यस खाताका बारेमा विस्तृत जानकारी हासिल गर्नका लागि नजिकैको कुमारी बैंकको शाखामा सम्पर्क गर्न ग्राहकहरूलाई यसै प्रेस विज्ञप्तिबाट आग्रह गरिएको छ ।
विगत १८ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदँै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका १०० शाखा संजाल, ९१ एटिएम्, ३ एक्सटेन्सन काउन्टर तथा ३ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा पनि पु¥याउँदै जाने प्रतिबद्धता जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण