नेपाल–भारतबीच पारवाहनका बिषयमा सहज व्यवस्था हुन आवश्यकः प्रम ओली

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच पारवाहन लगायतका विषयमा सहज व्यवस्था हुन आवश्यक रहेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ र मारिटाइम गेटवेको आयोजनामा आइतबार गरिएको प्रथम नेपाल पारवहन सहजीकरण सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले नेपाल भारतबीच उल्लेखनीय परिमाणमा व्यापार, लगानी, पर्यटन र जनता–जनताबीचको आवतजावत भइरहेको सन्दर्भमा दुई देशबीचको सम्बन्धको चर्चा गर्दै भने, ‘हामी असल छिमेकीहरु हौं, र हामी असल छिमेकी हुनै पर्दछ भन्ने धारणा व्यक्त गर्नु भएको छ ।’
प्रधानमन्त्री ओलीले थपे, ‘व्यापार र पारवाहन व्यवस्थापनलाई सहज, झन्झट मुक्त र मितव्ययी बनाउन स्मार्ट लजेस्टिकको महत्वपूर्ण भूमिका हुने गर्दछ ।’
प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच निकै पुरानो वहुआयामिक सम्बन्ध रहेको पनि उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले नेपाल भारत निकट छिमेकीहरु मात्र नभएर अभिन्न मित्रहरु समेत भएको धारणा राखे ।
प्रधानमन्त्री ओलीले भने, ‘दुई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न देशका रुपमा नेपाल र भारतबीच बढीभन्दा बढी अन्तरकृया र सहकार्य हुन अत्यावश्यक छ । यस्तो अन्तरकृया र सहकार्य सार्वभौम समानता, आपसी विश्वास, सम्मान र सहयोगमा आधारित भएर सरकार र जनता तहमा हुनु पर्दछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘जन्तीबाख्रो’ युट्युबमा
-
हमासको कब्जामा रहेका थाई नागरिकको शव फेला
-
महासङ्घ ललितपुरले स्थापना गर्यो हीरा–सिद्धि पत्रकारिता पुरस्कार
-
क्लब विश्वकप खेल्ने प्रस्ताव रोनाल्डोद्वारा अस्वीकार
-
उपप्रमुख र उपाध्यक्षले जारी गरे २० बुँदे घोषणापत्र
-
कास्कीमा सशस्त्र प्रहरीद्वारा विपद् स्वयंसेवक तालिम सञ्चालन