नेपाल–भारतबीच पारवाहनका बिषयमा सहज व्यवस्था हुन आवश्यकः प्रम ओली
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच पारवाहन लगायतका विषयमा सहज व्यवस्था हुन आवश्यक रहेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ र मारिटाइम गेटवेको आयोजनामा आइतबार गरिएको प्रथम नेपाल पारवहन सहजीकरण सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले नेपाल भारतबीच उल्लेखनीय परिमाणमा व्यापार, लगानी, पर्यटन र जनता–जनताबीचको आवतजावत भइरहेको सन्दर्भमा दुई देशबीचको सम्बन्धको चर्चा गर्दै भने, ‘हामी असल छिमेकीहरु हौं, र हामी असल छिमेकी हुनै पर्दछ भन्ने धारणा व्यक्त गर्नु भएको छ ।’
प्रधानमन्त्री ओलीले थपे, ‘व्यापार र पारवाहन व्यवस्थापनलाई सहज, झन्झट मुक्त र मितव्ययी बनाउन स्मार्ट लजेस्टिकको महत्वपूर्ण भूमिका हुने गर्दछ ।’
प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच निकै पुरानो वहुआयामिक सम्बन्ध रहेको पनि उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले नेपाल भारत निकट छिमेकीहरु मात्र नभएर अभिन्न मित्रहरु समेत भएको धारणा राखे ।
प्रधानमन्त्री ओलीले भने, ‘दुई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न देशका रुपमा नेपाल र भारतबीच बढीभन्दा बढी अन्तरकृया र सहकार्य हुन अत्यावश्यक छ । यस्तो अन्तरकृया र सहकार्य सार्वभौम समानता, आपसी विश्वास, सम्मान र सहयोगमा आधारित भएर सरकार र जनता तहमा हुनु पर्दछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सानदार लयसहित मैदान उत्रिँदै केन, गोल्डेन बुटमाथि नजर
-
सेनिटरी प्याडमाथिको कर हटाउँदै पाकिस्तान
-
रोजगार ऐनमा टेकेर वैदेशिक रोजगारीलाई मर्यादित बनाउन सक्ने अवस्था छैन : श्रममन्त्री यादव
-
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास
-
कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण हुने
-
जसलाई उमेरले छेक्दैन, जादु अझै छ बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण