शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

आइतबार, १२ साउन २०७६, १४ : ३१
आइतबार, १२ साउन २०७६

काठमाडौं- काठमाडाैंको नागार्जुन नगरपालिका-२ सानोभर्‍याङबाट प्रहरीलाई नगद ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २५ वर्षीय मिलन तामाङ र चन्द्रागिरी नगरपालिका-१४ नैकाप बस्ने २८ वर्षीय मिरङ पुन रहेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले ग.९ प ६०९१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा कागजपत्र नभएपछि कारवाहीबाट बच्नका लागि दिएको घुस सहित दुवै जनालाई पक्राउ गरेको हो ।  

यसैगरी काठमाडौं महानगरपालिका-२८ स्थित रणोदिप पुलबाट प्रहरीलाई नगद ४ सय रुपैयाँ दिई आर्थिक प्रलोनभमा पार्न खोज्ने सिराहा औरही गाउँपालिका-४ बस्ने २५ वर्षीय आशिष आनन्द कुमार यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ । 
  यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप