बाढीबाट प्रदेश नम्बर २ मा मात्रै कृषि र पशुपक्षीतर्फ ३ अर्ब ५९ करोड क्षति
काठमाडौँ । असार अन्तिम साता परेको अविरल वर्षापछि आएको बाढीपहिरोबाट प्रदेश नम्बर २ का विभिन्न जिल्लामा कृषि र पशुपक्षीतर्फ व्यापक क्षति पुगेको छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार प्रदेश नम्बर २ का ७ जिल्लामा पशुपछी करीब १ अर्ब ६२ करोड क्षति भएको छ ।
यस्तै बालीतर्फ करीब १ अर्ब ९७ करोड बराबरको क्षति भएको छ । मन्त्रालयले क्षतिबारे थप विवरण आउन बाँकी रहेको भन्दै विस्तृत विवरणका लागि सम्बन्धित स्थानीय तहलाई पत्राचार भइसकेको जनाएको छ ।
बाढी तथा डुबानबाट चैते धान, वर्षे धान, धानको ब्याड, मकै, तरकारी र केरा खेतीमा क्षति पुगेको छ भने भैँसी, गाई, हाँस, कुखुरा, वाख्रा, माछा लगायतका पशुजन्य वस्तुहरुमा पनि क्षति भएको छ ।
मन्त्रालयले कृषितर्फ र पशुपक्षीतर्फ कूल तीन अर्ब ५९ करोड रुपैयाँ क्षति भएको जनाएको छ ।
बाढीबाट सबैभन्दा बढी क्षति रौतहटमा पुगेको छ । रौतहटमा ५०० गाई, भैँसी र गोरु, ५०० बाख्रा, ५० हजार कुखुरा र १५ हजार हाँस कुल ६६ हजार २२ पशुपक्षी परेका छन् । यस्तै पराल, भुस, दानाका साथै खोर दानामा पनि क्षति पुगेको छ । रौतहटमा बाढीबाट ३५ करोडको क्षति भएको छ ।
यसैगरी बारा र पर्सामा बाढीबाट १ करोडको क्षति पुगेको छ । जसमा २४ वटा बाख्रा र १३० वटा गोठ, खोर र आहारामा क्षति पुगेको छ ।
यता, सिरहा र सप्तरीमा कुखुरा १० हजार ५००, हाँस १५ सय, गाई २२५, भैँसी ११० बाख्रा ५ सय गरी कुल १७ हजार ३३५ वटा पशुपक्षी बाढीमा मरेका छन् । सर्लाही र सिरहा जिल्लामा ९७ करोड ३० लाखको क्षति भएको छ ।
यसैगरी धनुषामा गाई १०, भैसी १५, बाख्रा ५० र कुखुरा ५०० वटा गरी कुल ५७५ वटा मृत्यु भएको छ । यो जिल्लामा १५ करोडको क्षति भएको छ ।
सर्लाहीमा ५ करोडको क्षति हुँदा महोत्तरीको क्षतिको विवरण भने आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ । महोत्तरीको विवरण आउन बाँकी रहँदा प्रदेश नम्बर २ का जिल्लामा ८९ हजार २८९ पशुपक्षी मरेका छन् । ती जिल्लामा २२ सय ३० माछापोखरीमा पनि क्षति पुगेको छ ।
७७ हजार ३४ हेक्टर कृषियोग्य भूमि बाढीले खायो
बाढी तथा डुबानबाट ७७ हजार ३४ हेक्टर खोतीयोग्य भूमिमा क्षति भएको छ । बाढी पसेका ती कृषियोग्य भूमिमा धानको ब्याड, तरकारी र मकैबालीका साथै वर्षे धान र चैत धान समेत लगाइएको थियो ।
जहाँ पर्सामा कृषितर्फ ४४ करोड ८८ लाखको क्षति भएको छ । यस्तै बारामा ५० करोड, रौतहटमा ३५ करोड, सर्लाहीमा ८ करोड, ५ करोड, धुनषामा २० करोड, सप्तरीमा ३० करोड, सिरहामा ७ करोडको क्षति पुगेको छ ।
यस्तै पर्सामा १७ सय ४१ हेक्टर, बारामा ५० हजार ३००, रौतहटमा १९ सय ४६५, सर्लाहीमा ४००, महोत्तरीमा २२८, धनुषामा १ हजार, सप्तरीमा ३२ सय र सिरहाको ७०० हेक्टर कृषियोग्य भूमिमा क्षति पुगेको छ।
बाढीको कारण
तराईका जिल्लामा बाढी आउनुमा चुरेको एकीकृत र दीर्घकालीन योजना अभाव मुख्य कारक रहेको संसदको राज्यव्यवस्था तथा सुशासन समितिले गठन गरेको उपसमितिले जनाएको छ ।
सो उपसमितिले तयार गरेको प्रतिवेदनमा अस्वाभाविक रुपमा एकैचोटी ठूलो बाढी आउने र बाढीसँगै ढुङ्गा, गिटी, बालुवा बगाई उर्वरा भूमिमा पुगेर थुप्रिने गरेको उल्लेख गरिएको छ । नदी तथा खोलाको ढुङ्गा, गिटी, बालुवा उत्खनन् गर्दा वैज्ञानिक रुपमा नगरिएको विषयलाई पनि औँल्याइएको छ । बाढी तथा डुवानबाट जोगिनका लागि पूर्वतयारी तथा पूर्व सूचनाको समन्वय नभएको पनि प्रतिवेदनले औँल्याएको छ ।
समितिले क्षति बेहोरेका परिवारलाई राहत तथा पुनस्र्थापनाको लागि पनि सुझावहरु प्रस्तुत गरेको छ । साथै बाढी रोकथाम गर्न सरकारलाई नीतिगत सुझाव पनि प्रस्तुत गरेको छ ।
मृत्यु हुने ११३ पुगे
गृहमन्त्रालयका अनुसार विपद्मा परेर देशभर अहिलेसम्म ११३ जनाको मृत्यु भएको छ । यस्तै ३८ जना वेपत्ता भएका र ६७ जना घाइते भएका छन् । असारको २६ देखि ३० गतेसम्म अविरल वर्षासँगै बाढीपहिरो र डुबान भएको थियो । साउनको ६ र ८ गते पनि पहिरो र बाढीले विभिन्न क्षेत्रमा क्षति पु¥याएको थियो ।
बाढीपहिरो र डुबानले तराईसहित विभिन्न ६७ जिल्ला प्रभावित भएको थियो । विपद्बाट झण्डै ९० हजार घर प्रभावित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनमा अनुमतिविना सवारी साधन सञ्चालन गरेमा २५ हजार रुपैयाँ जरिवाना
-
आजपाले बोलायो स्थायी कमिटी बैठक
-
धनुषाका निजी विद्यालय एक सातादेखि बन्द
-
सायरा बानोले भनिन्- एआर रहमान संसारकै राम्रो पुरुष
-
बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न वैकल्पिक सडक बनाइने
-
बेपत्ता इजरायली यहुदी धर्मगुरुको युएईमा भेटियो शव