नेपाल आएर भाजपा नेताले भने – नेपाल हिन्दुराष्ट्र हुनुपर्छ
काठमाडौँ । सत्तारुढ भारतीय जनता पार्टीका प्रभावशाली नेता तथा राज्यसभा सांसद डा. सुब्रमन्यम स्वामीले नेपाललाई हिन्दुराष्ट्र घोषणा गरिनुपर्ने माग गरेका छन् ।
विश्व हिन्दु महासंघ र विश्व हिन्दु परिषद्द्वारा संयुक्त रुपमा काठमाडौँमा आयोजना गरिएको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनमा स्वामीले सो कुरा बताएका हुन् ।
सम्मेलनलाई सम्बोधन गर्दै डा. स्वामीले नेपालको भौगलिक अवस्था र इतिहासले गर्दा नेपाल हिन्दु राष्ट्र हुनुपर्ने जिकिर गरे । यसबारे भारत र चीनसमेत सकारात्मक रहेको उनले दाबी गरे ।
एक दिने भ्रमणमा नेपाल आएका उनले शनिबार नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि बालुवाटार पुगेर भेटवार्ता गरेका छन् ।
करिब ३० मिनेट भएको भेटवार्तामा नेपाल भारतको द्विपक्षीय सम्बन्धको बारेमा छलफल भएको स्वामीले जानकारी दिएका छन् ।
Dr Subramanian @Swamy39 Met Honourable Prime Minister of Nepal Shri K P Sharma Oli Ji in Kathmandu!
— Mahesh Joshi 🇮🇳 (@MaheshJoshi_MJ) July 27, 2019
Both Great Leaders Discussed on Indo Nepal Bilateral Relations and Meeting Lasted for More than 30 Min@kpsharmaoli @jagdishshetty @vhsindia pic.twitter.com/7NXaprWDAm
शनिबार उनले पशुपतिनाथको समेत दर्शन गरेका थिए ।
केही दिन अघि मात्र भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयलले नेपाल आएर फर्किएका थिए । गोयलले गरेको केही ‘उच्चस्तरीय’ भेटवार्ताले निकै चर्चा पाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण