शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महिलाले यदि पुरुषलाई जबरजस्ती गरे के त्यो बलात्कार हो ?

आइतबार, १२ साउन २०७६, ०९ : ३२
आइतबार, १२ साउन २०७६

केट सिल्वर/ बीबीसी

जब कुनै पुरुषले महिलामाथि उनको मर्जीबिना जबरजस्ती यौन सम्बन्ध स्थापित गर्छ भने त्यो बलात्कार हो तर यदि महिलाले पुरुषलाई उनको मर्जी बिना यस्तो गर्न बाध्य बनाए के त्यो पनि बलात्कार होइन र ?

इंगल्याण्ड र वेल्सको कानूनमा यो बलात्कार होइन तर यो घटनामाथि अध्ययन गर्ने एक लेखकले सायद यसलाई पनि बलात्कारको संज्ञा दिनुपर्ने कुरामा जोड दिन्छिन् ।

लेंकास्टर युनिभर्सिटी ल स्कूलकी डाक्टर सियोभान वियरेले ब्रिटेनमा सन् २०१६–१७ का क्रममा जबरजस्ती यौन सम्बन्धमाथि पहिलो अनुसन्धान गरेकी छिन् । यसमा उनले २ सय बढी पुरुषको अनलाइन सर्वेक्षणमार्फत् सूचना संकलन गरिन् ।

उनले सन् २०१८ र जुलाई २०१९ बीच ३० पुरुषसँग व्यक्तिगत अन्तरवार्ता गरिन् । यो शोध हालै प्रकाशित भयो ।

यसमा जबरजस्ती यौन सम्बन्ध स्थापित भएको खण्डमा यसको परिणाम के हुन्छ र कानूनी कारवाही कस्तो हुन्छ भनेर विस्तृत चर्चा गरिएको छ ।

कुराकानी गरिएका सबैको नाम गोप्य राखिएको छ तर हामी तीमध्ये एकलाई जोनको नामले बोलाउँछौं ।

जोनका अनुसार केही गलत भइरहेको पहिलो पटक महसुस त्यतिबेला भयो जब उनका पार्टनरले आफूलाई नै हानी गर्न सुरु गरिन् ।

एक डरलाग्दो घटनापछि उनले पार्टनरलाई उपचारका लागि लगे जहाँ दम्पत्तिले यस पछाडिको मनोवैज्ञानिक कारणमाथि घण्टौं कुरा गरे ।

लगभग ६ महिनापछि उनकी पार्टनरले आफूलाई चोट पुर्‍याउनुको साटो जोनलाई नै निशाना बनाउन सुरु गरिन् ।

जबरजस्तीः

जोन भन्छिन्, ‘म लिभिङ रुममा बसेको थिएँ र उनी किचनबाट आइन् । त्यसपछि मेरो नाकमा बेस्सरी हानिन् र छिल्लिँदै हाँस्दै भागिन् । त्यो दिनदेखि दिनदिनै झगडा हुन सुरु भयो ।’

पछि उनले आफ्नो डाक्टरसँग मद्दत लिने कोसिस गरिन् । उनको केही काउन्सिलिङ पनि भएको थियो र उनलाई मनोवैज्ञानिक तरिकाले उपचार गर्न सल्लाह दिइएको थियो ।

जोन भन्छन्, ‘मेरी पार्टनर अफिसबाट घर आउनेबित्तिकै सेक्सको माग गर्न थालिन् । उनी हिंस्रक हुन थालिन् र स्थिती यहाँसम्म पुग्यो कि पार्टनर घर आउने कुरा सोचेरै म डराउन थालेँ ।’

एकदिन जोनको आँखा खुल्दा उनले आफ्नो दाहिने हात बेडको फ्रेमसँग हत्कडीले बाँधिएको पाए । यस्तो उनको पार्टनरले गरेकी थिइन् ।

त्यसपछि बेड नजिकै राखिएको स्टेरियो सिस्टमको लाउड स्पिकरले उनलाई टाउकोमा हान्न सुरु गरिन् र उनको अर्को हात नायलनको डोरीले बाँधिन् र उनलाई सेक्स गर्न दबाब दिइन् ।  

पीडा र डरका कारण जोनले उनको इच्छा पूरा गर्न असमर्थ थिए त्यसकारण उनकी पार्टनरले उनलाई पुनः पिट्न सुरु गरिन् र आँधा घण्टासम्म बाँधेर राखिन् । उक्त घटनापछि उनकी पार्टनरले यसबारे केही पनि कुरा गर्न मानिनन् ।

केही समयपछि उनी गर्भवती भइन् र केही दिनसम्म झगडामाथि विराम लाग्यो । तर बच्चा जन्मिएको केही समयपछि जब एक रात जोनको आँखा खुल्यो तब उनको हात बेडसँगै हत्कडीले बाँधिएको पाए ।

आमधारणाः

त्यसपछि उनले पार्टनरले आफूलाई जबरजस्ती भियाग्रा खुवाएको र उनको मुख बन्द गरिदिएको बताए ।

उनी भन्छन्, ‘म केही गर्न सक्दिनथेँ । त्यसपछि म नुहाउन गएँ र मलाई थाहा भएन कि म कतिबेर सम्म शवरमा थिएँ । त्यसपछि म कोठामा छिरे, उनको पहिलो प्रश्न थियो, ‘रातीको खानामा के छ ?’’

जब जोनले यसबारे मानिसहरुलाई बताउन सुरु गरे तब कसैलाई पनि उनको विश्वास लागेन ।

उनी भन्छन्, ‘मलाई मानिसहरुले किन घर नछोडेको त भन्न थाले । यो मेरो घर थियो जुन मैले आफ्नो बच्चाका लागि किनेको थिएँ र पैसा पनि मेरो नै थियो त्यसकारण म आर्थिक रुपले सम्बन्धमा बाँधिएको थिएँ । मानिसहरुलाई ममाथि अझै पनि विश्वास छैन किनभने मानिसहरु भन्छन् कि तिमीले किन उनलाई कुटेनौं ?’

डा. वियरेले केही अन्य पुरुषसँग पनि अन्तरवार्ता गरिन् । उनीहरु माथि पनि जे जति भयो त्यो जोनसँग मिल्दोजुल्दो थियो । उनको अनुसन्धानको यो निष्कर्ष थियो कि यस्ता अपराध धेरैजसो महिला पार्टनर वा पूर्व पार्टनरमाथि हुन्छ र यो धेरैजसो घरेलु हिंसामा हुन्छ ।

एक अन्य पुरुषले भने, ‘हामी यसबारे कुरा गर्न डराउँछौं र लज्जित हुन्छौं । जब हामी यसबारे कुरा गर्छौं तब हामीलाई विश्वास गरिँदैन किनभने हामी पुरुष हौं ।’

GETTY IMAGES

अनुसन्धानको नतिजाः

यस्ता अनुभवको रिपोर्ट गर्न पुरुषलाई धेरैजसो लज्जाको महसुस हुन्छ  । उनीहरु यौन शोषणबारे उल्लेख नगरिकनै घरेलु हिंसाको रिर्पाट गर्छन् ।

यसले पुरुषहरुको दिमागमा गम्भीर असर पुर्याउन सक्छ, आत्महत्याको विचार आउन सक्छ र यौन क्षमतामा ह्रास आउँछ ।

केही पुरुषले पटक–पटक पीडित भएको कुरा गरे । केही वाल्यकालमा यौन शोषणबाट पीडित थिए, कतिले विभिन्न तरिकाले यौन हिंसा सहन गरे ।

यस्ता पुरुषमा पुलिस, न्यायिक प्रणाली र कानूनका विषयमा विभिन्न नकारात्मक धारणा थियो ।

वियरेको शोधमा एक मिथ यो पनि सार्वजनिक भएको छ कि पुरुषसँग जबरजस्ती सेक्स असम्भव छ किनभने पुरुष महिलाको तुलनामा शारीरिक रुपमा बलियो हुन्छन् ।

दोस्रो यो हो कि पुरुष महिलासँग सबै यौन अवसरलाई सकारात्मक मान्छन् ।

तेस्रो मिथ यो हो कि यदि पुरुषमा उत्तेजना हुन्छ भने यसको अर्थ यो हो कि उनीहरुलाई पक्कै पनि सेक्स चाहिन्छ । वियरे भन्छन्, ‘वास्तवमा उत्तेजना विशुद्ध एक शारीरिक प्रतिक्रिया हो ।’

उनी भन्छिन्, ‘यदि पुरुष डराएका छन्, क्रोधित र भयभीत आदि छन् भने उनीहरु उत्तेजित हुन सक्छन् र भइरहन सक्छन् । यस्तो शोध पनि छन् जसले देखाउँछन् कि महिलामाथि बलात्कार हुँदा उनीहरु पनि सेक्सुअली एक्टिभ हुनसक्छन् किनभने उनीहरुको शरीर शारीरिक रुपले प्रतिक्रिया दिन्छ । यो पुरुष र महिला दुबै पीडितका लागि एक मुद्दा हो जसमाथि पर्याप्त चर्चा गरिएको छैन । यसबारे स्पष्ट प्रमाण छ ।’

वियरेको सन् २०१७ को अध्ययनमा सहभागीमध्ये कतिले अत्यधिक नशामा भएका कारण पनि सेक्सको अनुभव बारे बताए जबकी उनीहरुमाथि जे भइरहेको थियो त्यो रोक्न उनीहरु असमर्थ थिए ।’

GETTY IMAGES

कानूनी मान्यताः

कुराकानीका क्रममा एकले बताए अनुसार एक महिलासँग रातभरी क्लबमा पार्टी गरेपछि जब उनी घर फर्किरहेका थिए तब उनलाई डेट रेपको औषधी दिइयो र जबरजस्ती सेक्स गर्नका लागि बाध्य बनाइयो ।

अर्का एक व्यक्तिले आफू एक छात्र भएका बेला समय क्याम्पमा उनलाई सेक्सका लागि बाध्य गरिएको बताए ।

वियरेका अनुसार ताजा अध्ययनमा आधिकांश सहभागीले आफ्नो जबरजस्ती सेक्सको अनुभवलाई ‘बलात्कार’ को संज्ञा दिएका छन् । यसलाई इंग्ल्याण्ड र वेल्सको कानूनमा बलात्कारको रुपमा नलिएकोमा उनीहरु दुःखी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप