एनआरएनए प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषा–साहित्य सम्मेलन बोस्टनमा हुने
गैर आवासीय नेपाली संघको प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषा–साहित्य सम्मेलन अमेरिकाको म्यासाचुसेट्स राज्यको बोस्टनमा हुने भएको छ ।
आगामी सेप्टेम्बर १ र २ ,२०१९ का दिन मेरीओट द्वारा संचालित फेयर फिल्ड इन नामक (होटल) अतिथि गृहमा हुने जानकारी प्रचार प्रसार समितिको संयोजक सर्वज्ञ वाग्लेले दिएका छन् ।
गैह्रआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद भाषा साहित्य उपसमितिले नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगा उप्रेतीको प्रमुख आतिथ्यमा अमेरिकाको बोस्टनमा गर्न लागेको जनाएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी अक्टुवर १३–१६, २०१९ मा ९ औं महाधिवेशन तथा विश्व सम्मेलन गर्ने निर्णय समेत गरिसकेको छ ।
काठमाडौं नेपालमा बिश्व सम्मेलनको ठिक डेढ महिना अगाडी हुने प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषा(साहित्य सम्मेलन निकै महत्वका साथ हेरिएको छ ।
उक्त कार्यक्रममा बिश्वबाट गैर आवासीय नेपाली संघ अभियानमा होमिएका विभिन्न सामाजिक अभियन्ताहरु समेतको उपस्थिति हुने वाग्लेले जनाएका छन् ।
उक्त प्रथम नेपाली भाषा साहित्यको अन्तर्राष्ट्रिय सम्मेलनलाई भव्यरुपमा सम्पन्न गर्नका विभिन्न सल्लाहकार, संयोजक, सहसंयोजक र सदस्यहरू रहेको मूल समिति समेत निर्माण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी कार्यव्यवस्था परामर्श समिति बैठक सुरु
-
गुलसनले नै लिए यूएईको तेस्रो विकेट
-
रूसी सेनामा रहेका नेपालीका परिवारद्वारा धर्ना सुरु (तस्बिरहरु)
-
वर्तमान सत्ता समीकरण परिवर्तन हुँदैन : झलनाथ खनाल
-
गुलसनले लिए यूएईको दोस्रो विकेट, कुशल भुर्तेलको उत्कृष्ट क्याच
-
कांग्रेसलाई सभामुख धितालले भने– म रेफ्री हुँ, मिलाएरै लैजान्छु