१७ महिनापछि मन्त्रीहरू फेरिँदै

सरकार गठन भएको सत्र महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठनको गृहकार्य अगाडि बढाएका छन् । सरकारका मन्त्रीहरुको काम प्रभावकारी नभएको आलोचना र गुनासो बढेपछि मन्त्रीमण्डल पुनर्गठन गर्ने गृहकार्यमा प्रधानमन्त्री ओली लागेका हुन् ।
सरकारको कामलाई प्रभावकारी बनाउन र परिणाम देखाउने गरी काम गर्न मन्त्रीमण्डल फेर्नुपर्ने पार्टी्भित्रबाटै दबाब बढेपछि एक दुई सातादेखि उनले पार्टीका नेताहरुसँग छुट्टाछुट्टै छलफल गरेका छन् ।
नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीका सचिवालयको एक सदस्यका अनुसार मन्त्रीमण्डल पुनर्गठन गर्न पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्धय माधव कुमार नेपाल र झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम लगायतका शीर्ष नेताहरुसँग परामर्श गरेका छन् । साथै उनले मन्त्रीमण्डल फेर्दा नयाँ मन्त्री हुने पात्रको बारेमा पनि परामर्श गरेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा मधुसुदन रायमाझीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशन ८ र ९ चैतमा, एकहजार प्रतिनिधि सहभागी हुँदै
-
आर्थिक तथा व्यावसायिक वातावरण सुधारसम्बन्धी विधेयक बहुमतले स्वीकृत
-
ओलम्पिक कमिटी विवादमा खेलकुदमन्त्रीले भने, ‘विदेश भ्रमणमा रोक लगाउने निर्णय कायम रहन्छ’
-
राष्ट्रपतिद्वारा ४ वटा विधेयक प्रमाणीकरण (सूचीसहित)
-
८ दलीय मधेसी मोर्चाले तयार गर्यो साझा एजेन्डा
-
ऊर्जामन्त्रीले टीओडी जाँच गर्न बनाएको समितिले काम गर्न नपाउने गरी अन्तरिम आदेश