करिअर फेस्ट सम्पन्न
काठमाडौ । काठमाडौमा प्लस टु पछि कुन विषय पढ्ने भनेर अन्योलता रहेका विद्यार्थीहरुलाई लक्षित गरि आयोजित करिअर फेस्ट २०१९ सम्पन्न भएको छ ।
करिअर प्वाइन्ट इजुकेसन सर्भिस प्राइभेट लिमिटेडको आयोजनाको शुक्रबार राष्ट्रिय सभागृहमा उक्त कार्यक्रम भएको हो ।
प्लस टु पढेर सकेका युवामा रहेको अन्योलता हटाउने उद्देश्यले करिअर फेस्ट २०१९ को आयोजना गरिएको करिअर प्वाइन्ट इजुकेसन सर्भिस प्राइभेट लिमिटेडका कार्याकारी निर्देशक बिशाल केसीले बताए ।
कार्यक्रमका प्रमुख अतिथि पुर्वप्रधानमन्त्री एवं नेकपाका नेता झलनाथ खनाल रहेका थिए ।
सो अवसरमा प्रमुख अतिथि खनालले अन्य देश जतिनै विकसित भएता पनि आफ्नो देश नेपाल नै सुन्दर रहेको उनले बताए ।
कार्यक्रमका नेकपाका नेता योगेश भट्टराई, राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, बिजनेस अक्सिजनका सिइओ सिद्धान्त राज पाण्डेलगायतले पनि आफ्नो धारणा राखेका थिए । कार्यक्रममा १ हजार बढी युवाको उपस्थिति रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी परिस्थिति उत्पन्न भएमा प्रहरीले उपनिर्वाचनमा बल प्रयोग गर्ने
-
अमिताभले सुरु गरे केबीसी–१६ को सुटिङ
-
भन्सार छलीको कपडासहित ट्रयाक्टर र पिकअप प्रहरी नियन्त्रणमा
-
जुम्लाका बगैँचामा स्याउ फुल लाग्याे
-
इलाम २ मा उपनिर्वाचनका दिन यातायात बन्द, अन्य तयारी धमाधम
-
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट