बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कविताः बाटाहरू राजनीति गर्दैनन्

शनिबार, ११ साउन २०७६, १२ : २६
शनिबार, ११ साउन २०७६

-साकार बाबु सुबेदी

बाटाहरू राजनीति गर्दैनन्
त्यसैले, बाटाहरु कहिँ पुग्दैनन्,
सयौं बटुवाहरु पार लगाँउदै,
स्थिर भएर बसिदिन्छन् ।

पुग्ने त बाठाहरु हुन्
जादुगर झैं दृश्य बदलेर,
हिंडिसकेको बाटो नष्ट  गरेर,
बाठाहरु बाटो पार भैदिन्छन् ।

बर्षात्मा बारिका पाटाहरु झैं देखिने
हिलाम्य बाटाहरुमा पनि,
बेफिक्री आशाका फसल उमारेर, 
बाठाहरु मलाई बिक्री गर्न खाज्दै छन् ।

तिनैे फसललाई बीष रहित देख्ने
मेरा असल आँखाहरूले आज,
तिमीले बिगारेका बाटाहरुको
लेखाजोखा गर्न सक्दैनन् ।
बर्षाका पानीहरुमा राजनीति देख्ने
मेरा आँखाका नानीसम्मका डुवानहरु,
आज तिम्रो साँधसम्मका बाटाहरु नदेखेरै
निषेध गरिएका मनका बाँध खुल्न सकेनन् ।

हरेक साल मौसम बद्लिए झैं बाटाहरू मथि,
तिम्रा राता कर्पेटहरुमा बार्षिकी मनाउनेले,
सिन्धु घाटलाई उत्तर तिर फर्काएर,
विभीषणको खोलमा रामको पुजा गर्दै छ । 

बाटाहरु राजनीति गर्न जान्दैनन्,
त्यसैल,े हिलो छ्यापाछ्याप गर्दैनन्
अफ्ठ्यारा घुम्ति अनि चेपहरुमा पनि,
बाटाहरू बिचलित हुन खोज्दैनन् ।

कहिल्यै, कहिं पनि नपुगने त,
म जस्ता लाटाहरु हुन्
बिग्रिइसकेका बाटाहरुबाट,
आफ्ना गन्तव्य खोज्दै छन् ।

बाह्र बर्षपछि तिम्रा बाटाहरु कुर्दै छु,
कतै साँच्चै ढुङ्रोबाट निस्कन्छौ होला,
धेरै टाढा पुगिसकेको राजनीति हेरेर, 
पुच्छर सिधा हुने सोच्दै छन् ।

  भैसेपाटी , ललितपुर
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप