बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

क्लब फिप्टीद्वारा रौतहटका बाढीपीडितलाई राहत वितरण

शनिबार, ११ साउन २०७६, १२ : ११
शनिबार, ११ साउन २०७६

रौतहट– सामाजिक संस्था क्लब फिप्टी नेपालले रौतहटका बाढी पीडित परिवारलाई राहत वितरण गरेको छ ।

क्लब फिप्टीले जिल्लाको माधव नारायण नगरपालिका ३ सखुुअवाका ३ सय ५० परिवारलाई ३० किलो चामलसहित दाल, बिस्कुट, चाउचाउ लगायतका सामग्री वितरण गरेको अध्यक्ष दमन बस्नेतले जानकारी दिए । 

 पूर्व कर्मचारी, व्यापारी, बुद्धिजिवी लगायतको सहभागीमा गठन भएको क्लब फिप्टीले जर्मन स्थित शाखाबाट प्राप्त सहयोग रकमबाट राहत वितरण गरिएको संस्थाका उपाध्यक्ष प्रदीप कार्कीले बताए ।

राहत सामग्री कार्यक्रममा संस्थाका अध्यक्ष बस्नेतसहित  संस्थापक अध्यक्ष केपी मास्के, पूर्व अध्यक्षहरु रमेश लुुईँटेल, उत्तम मास्के, माधव नारायण नगरपालिकाका मेयर वीरेन्द्र यादवले संयुुक्त रुपमा पीडितलाई हस्तान्तरण गरेका थिए । 
माधव नारायण नगरपालिका वडा ३ सखुुअवा स्थित वडा कार्यालयमा राहत लिनका लागि आएका उनीहरु राहत सामग्री पाउँदा खुसी देखिन्थे । 

यसैबीच बाढी पीडितहरुलाई आक्सफम नेपाल, आरडिसी, युुएई दूताबास, साही सेवा संगठन, नेपाल रेडक्रस सोसाइटी, जनसेवा नेपाल लगायत विभिन्न संघसंस्थाले पनि राहत वितरण गरेका छन् । 
डुुबानमा परेका केही स्थानका स्थानीयले अझैपनि राहत पाउन नसकिएको गुनासो गरेका छन् । 

बाढी र वर्षापछि अन्य स्थानीय तहको अवस्था सामान्य भइसके पनि ईशनाथ नगरपालिका १ बनजरहा र गौर नगरपालिका ६ महादेवपटीमा अझै पनि दर्जनौ घर डुुबानमा रहेको रौतहटका प्रमुख जिल्ला अधिकारी किरण कुमार थापाले जानकारी दिए । 


 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप