बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

द्वितिय सचिवको जिम्मामा दक्षिण कोरियाको नेपाली दूतावास

शनिबार, ११ साउन २०७६, ११ : ५८
शनिबार, ११ साउन २०७६

सोल–सरकारले नियुक्तिमा ढिलाइ गर्दा दक्षिण कोरियास्थित नेपाली दूतावास राजदूतविहीन बनेको छ । 

पूर्ववर्ति सरकारले गरेको मनोनयनलाई खारेज गर्नेक्रममा वर्तमान सरकारले ६ महिनाअघि राजदूत अर्जुनजंग बहादुर सिंहलाई फिर्ता बोलाएको थियो । 

त्यसयता दूतावासमा किरण शाक्यले दक्षिण कोरियाका लागि कार्यबाहक राजदूतको जिम्मेबार बहन गर्दै आइरहेकोमा उनको कार्यकाल पनि समाप्त भएपछि  जुलाई २६ देखि परराष्ट्र मन्त्रालय फिर्र्ता भएका छन् ।

अहिले दूतावास द्धितिय सचिब उद्धब न्यौपानेको भरमा चलिरहेको छ । ईपीएस माध्यमबाट लगभग चालीस हजार भन्दा बढी नेपाली कामदार कार्यरत रहेका कोरियास्थित दूतावास केही दिन उनकै भरमा चल्नेछ । 

यसैबीच परराष्ट्र मन्त्रालयले कार्यबाहक राजदूतको समेत जिम्मेवारी सम्हाल्ने गरि राम सिंह थापालाई कोरिया पठाउने तयारी गरेको बताइएको छ।  उनी हाल कन्सुलर सेवा विभागका डाइरेक्टर छन् । 

दक्षिण कोरियामा सन् २००७ मा नेपाली दूतावास स्थापनापश्चात हालसम्म कमल प्रसाद कोइराला, कमानसिंह लामा र अर्जुनजंग बहादुर सिंह नियुक्त भएका छन् । तर सिंहले पूरा कार्यकाल बिताउँन पाएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप