स्कूल बसमा लागूऔषध तथा नक्कली रुपैयाँ, बस चालक पक्राउ
कपिलवस्तु । स्कूल बसमा लुकाइरहेको अवस्थामा लागू औषध र नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले चाकरचौडातर्फ आउँदै गरेको लु १ क १५५४ नम्बरको पिस ग्लोबल इङ्लिश बोर्डिङ स्कूलको बसलाई मायादेवी गाउँपालिका–४ चाकरचौडास्थित पिपरामा जाँच गर्ने क्रममा लागूऔषध र नक्कली नोट फेला पारेको हो ।
१० थान खैरो रंगको हिरोईन जस्तो देखिने लागूऔषध र नक्कली नोट जस्तो देखिने नम्बर एउटै भएको नेपाली ५ सय दरका नोट ८८ थान (४४ हजार रुपैँया) बसको टुलबक्समा लुकाइरहेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।
प्रहरीले बरकुल बस्ने बस चालक २६ वर्षीय देउकीनन्दन कसौधनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यता, धनुषाको शहीदनगर नगरपालिकाद्द३ यदुकुवाबाट शंकित अवस्थामा हिँडिरहेका गोठकुवा बस्ने २१ वर्षीय गोविन्द यादवलाई ३ लाख ३९ हजार ५ सय रुपैयाँ नगद सहित प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित पारस मनिट्रान्सफरको सटरको ताल्चा फुटाई टेबलको घर्रामा रहेको उल्लेखित नगद रकम चोरी भएकोमा उक्त चोरीमा गोबिन्द संलग्न रहेको बुझिएको छ ।
साथै अनुसन्धानको क्रममा सोही ठाउँ बस्ने २८ वर्षीय रामु यादव समेतलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
-
कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा