शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गाडी र घरकर्जामा कडाई गर्ने राष्ट्र बैंकको यस्तो छ नीति

शुक्रबार, १० साउन २०७६, १३ : ५५
शुक्रबार, १० साउन २०७६

काठमाडौ– अबदेखि घर वा गाडी खरिद गर्दा बैंकहरुले तपाईको आम्दानीको मूल्याँकन गर्नेछ । नेपाल राष्ट्र बैंकले घर र गाडी कर्जामा व्यक्तिको आम्दानी मूल्याँकन गर्ने भएको छ । मौद्रिक नीतिमा व्यक्तिगत प्राकृतिका कर्जा, घर कर्जा तथा हायर पर्चेज कर्जा लगायतका किस्ता भुक्तानीमा आधारित गैर व्यावसायिक कर्जा प्रवाह गर्दा  ऋण भुक्तानी आम्दानी अनुपातको अधिकतम सिमा कायम गरिनेछ  भनिएको छ । यसले व्यक्तिको आम्दानी हेरेर घर वा गाडी कर्जा कतिसम्म दिने निर्धारण गर्छ, नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बताए । 

उनी भन्छन्, ‘कसैको बार्षिक आम्दानी ४ लाख रुपैयाँ छ भने र उसले गाडी खरिद गरेवापत २ लाख इएमआइ तिर्नुछ भने हिसाब गरेर सोही अनुसारको कर्जा उपलब्ध हुँनेछ । यसमा कर, व्यक्तिगत खर्च लगायतो पनि हिसाब गरिन्छ । यसलाई हेयर कट भनिन्छ ।’

व्यक्तिले कमाउने आम्दानीमा उसको खर्च कटाएर कति बच्छ सोही अनुसार कर्जा प्रवाह हुन्छ ।  मौद्रिक नीतिको यो व्यवस्था राष्ट्र बैंकले निर्देशिका जारी गरेपछि कार्यान्वयनमा आउँनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप