फ्राइडे रिलिज : सोनम र ओसिनको ‘एकलव्य’
काठमाडौँ – आज शुक्रबारबाट फिल्म ‘एकलव्य’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिज अन्तर्गत ‘एकलव्य’ देशभरका हलबाट एकसाथ प्रदर्शनमा आएको हो । फिल्म देशभर ६२ चलचित्र घरबाट प्रदर्शनमा आएको निर्माता एवम् अभिनेता सोनाम थापाले जानकारी दिए ।
अनमोल शर्माले निर्देशन गरेका फिल्म एकलव्य समसामहिक कथामा निर्माण भएको हो । निर्माण युनिले यसलाई एक्सन प्रधान फिल्म भनेर प्रचार गरेको छ ।
फिल्ममा सोनम थापामगर, पुष्कर राउत, ओसिन भट्टराई, महिला सिलवाल, शुशिल पोखरेल, शुष्मा कार्की, राजेन्द्र दुलाल, बिराग लोगुन लगायतको अभिनय देख्न सकिन्छ ।
दर्जन भन्दा बढी चलचित्रमा मुख्य सहायक निर्देशक भएर काम गरिसकेका निर्देशक शर्माको यो डेब्यु फिल्म हो । पुरानो अनुभवको आधारमा आफुले राम्रो फिल्म बनाउने कोसिस गरेको शर्माले बताए ।
राजेन्द्र दुलाल, अभी थापामगरले निर्माणमा सोनमलाई सघाएका छन् । कृष्ण श्रेष्ठको छायाँकन, अर्जुन जिसीको सम्पादन, कविराज गहतराज र रामजी लामिछोनेको कोरियोग्राफी, राजेन्द्र बजगाईंको गीत/संगीत, भोजराज देवकोटाको पटकथा सम्बाद फिल्ममा समेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रलाई विश्वासमा लिएर नेपालमा लगानीमैत्री वातावरण छ भन्ने सन्देश प्रवाह गर्नुपर्छ : प्रधानमन्त्री
-
सहिद पत्नीको व्यथा : सहिद परिवारको परिचयपत्रकै खिल्ली उडाइन्छ
-
भारतबाट मात्रै ३६ अर्ब बराबरको खाद्यान्न आयात
-
आईपीएलमा आज : लखनउसँग हारको बदला लिने धुनमा चेन्नई
-
पोखरा मुग्लिङ सडक : सम्झौताको म्याद सकियो, आधा काम पनि सकिएन
-
लोकतन्त्र त आयो, युवा पलायन किन बढ्यो ?