शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जावलाखेलको सार्वजनिक जग्गामा बनेका टहरामा चल्यो डोजर, तस्विरमा हेर्नुहोस्

शुक्रबार, १० साउन २०७६, १२ : २६
शुक्रबार, १० साउन २०७६

काठमाडौँ । ललितपुरस्थित जावलाखेल सडक आसपासको सार्वजनिक जग्गामा बनाइएका टहरा र त्यहाँ राखिएका पसलहरु डोजर लगाएर हटाइएको छ ।

शुक्रबार बिहान प्रशासनले वाताबरणीय प्रभाव, दुर्घट्नालगायतलाई ध्यानमा राखेर सडक छेउमा बनाइएका टहराहरु हटाएको हो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले सार्वजनिक जग्गामा बनाइएका टहरा भत्काइएको जानकारी दिए ।

उनले गृहमन्त्रालय र अख्तियारले समेत सो क्षेत्रका टहरा हटाउन भनेकाले हटाइएको बताए ।

जावलाखेलस्थित चिडियाखाना नजिकै रहेको सार्वजनिक जग्गामा गत ५२ सालदेखि टहरा बनाएर पसलहरु सञ्चालन गरिँदै आएको थियो । प्रशासनले डोजर लगाउने थाहा पाएपछि केही पसलेहरुले सामान सारेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप