बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

निर्मलालाई न्याय माग्दै नेविसंघको प्रदर्शन

शुक्रबार, १० साउन २०७६, ११ : ४३
शुक्रबार, १० साउन २०७६

काठमाडौँ– नेपाल विद्यार्थी संघले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर उल्टाखामकी निर्मला पन्तलाई न्याय भन्दै राजधानीमा प्रर्दशन गरेको छ ।

पन्तको गत वर्ष साउन १० गते बलात्कारपछि हत्या भएको थियो । एक वर्षसम्म पनि सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै नेविसंघले शुक्रबार राजधानीको माइतीघर मण्डलामा प्रर्दशन गरेको हो ।

‘निर्मलाले न्याय कहिले पाउँछिन् सरकार’  लेखिएको प्ले कार्ड बोकेका प्रर्दशनकारीले निर्मलाका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री राम बहादुर थापाविरुद्ध नाराबाजी गरेका थिए ।

पन्त हत्याको एक वर्ष बित्दासमेत घटनामा संलग्नलाई कारवाही नभएको भन्दै सरकारको आलोचना हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप