‘गर या मर’को अवस्थामा नेपाल
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत एसियाली छनोट प्रतियोगितामा नेपालले अब दुई खेल खेल्न बाँकी छ ।
सिंगापुरमा जारी पाँच देश सम्मिलित प्रतियोगिताको पहिलो खेलमा कमजोर टोली कतारसँग चार विकेटले पराजित भएपछि नेपाललाई ठूलो दबाब परेको थियो । यद्यपि दोस्रो खेलमा नेपालले मलेसियालाई सात विकेटले हराउँदै छनोटको गणितिय सम्भावना कायम राखेको छ ।
यही सम्भावनाबीच नेपालले शनिबार कुवेतसँग तेस्रो खेल खेल्दैछ । नेपालाई अगाडी बढ्न कुवेतसँगको खेलमा फराकिलो जितसँगै अन्तिम खेलमा आयोजक सिंगापुरलाई पनि फराकिलो अन्तरले हराउनु पर्ने बाध्यता छ । नेपालले अन्तिम खेल आइतबार सिंगापुरसँग खेल्नेछ ।
सबै टोलीले दुई दुई खेल सक्दा सिंगापुर तीन अंक सहित शीर्ष स्थानमा छ । नेपाल, मलेसिया र कतारले समान दुई दुई अंक बनाएका छन् ।
रन रेटका आधारमा मलेसिया दोस्रो, नेपाल तेस्रो र कतार चौथो स्थानमा छ । कुवेतले एक अंक बनाएको छ । नेपालको छनोट यात्रा आफ्नो लगातार जितसँगै अरुको नतिजामा समेत भर पर्नेछ । त्यसैले नेपाललाई राम्रो रन रेटसहित जित निकाल्न आवश्यक छ ।
तुलनात्मक रुपमा कमजोर टोली कतारसँगको हारपछि नेपाललाई अन्य खेलमा गर या मरको अवस्था आएको हो ।
राउन्ड रोविन लिगका आधारमा सञ्चालित प्रतियोगिताको शीर्ष टोली आगामी अक्टोबरमा यूएईमा आयोजना हुने ग्लोबल क्वालिफायरमा छनोट हुनेछ ।
ग्लोबल क्वालिफायरमा १४ टोलीको सहभागिता रहनेछ । त्यसमा शीर्ष ६ मा रहने टोलीले सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप क्रिकेट खेल्न पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा सर्पदंशका घटना बढ्दै
-
श्रमिकलाई न्यूनतम ज्याला नदिने रोजगारदातामाथि कारबाही गर्ने सरकारको चेतावनी
-
बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
-
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
-
वीरगन्ज महानगरपालिकाले ल्यायो ४ अर्ब ४२ करोडको बजेट
-
३५ वर्षमुनिका युवालाई प्राथमिकता दिँदै कांग्रेसले खटायो ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण