शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तिम्रो सबैथोक मन पर्‍यो, तिमी मन परिनौं भनेजस्तै हो जबज : सञ्चारमन्त्री बास्कोटा

बिहीबार, ०९ साउन २०७६, १८ : १८
बिहीबार, ०९ साउन २०७६

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले जनताको बहुदलीय जनवाद भन्न अप्ठेरो मान्न नहुने बताएका छन् । सरकारका प्रवक्ता समेत रहेका बास्कोटाले बिहीबार मन्त्रालयमा गरेको नियमित पत्रकार सम्मेलनमा व्यवहारमा प्रयोग गर्ने तर भन्न लजाउने प्रवृत्ति त्याग्नुपर्ने बताएका हुन् । 

मन्त्री बास्कोटाले भने– ‘तिम्रो आँखा मन पर्‍यो, तिम्रो हाँसो मन पर्‍यो, तिम्रो हिडाई मन पर्‍यो, तिम्रो सोचाई मन पर्‍यो, तिम्रो काम मन पर्‍यो, तिम्रो सबैथोक मन पर्‍यो तर तिमी त मन परिनौ भन्यो भने के अर्थ राख्छ ? सबैकुरा मन पर्‍यो भने त मन परिगयो नि विचारदेखि दृष्टिकोणसम्म ।’

उनले अहिले राजनीतिक दलहरु जबजको सिन्द्धान्त अनुसार नै अघि बढिरहेको बताए । उनले अगाडि भने– ‘तपाई आफै भन्नुस्, हामी कुन बाटोमा हिँडिरहेका छौँ । यो दर्शनको मान्यता के हो ? समाजमा वर्ग छ, नेपाली समाज, नेपाली भूगोल, नेपाली मन, रेन्बो सोसाइटी हो । यो चाहि इन्द्रेणी हो । यो पार्टीमा पनि हुन्छ, समाजमा पनि हुन्छ, त्यसलाई अगाडि बढाउने कुरा हो । त्यसमा हाम्रो राजनीतिक प्रणालीबाट हेर्दा शान्तिपूर्ण प्रतिष्पर्धा । हामीले सोभियत संघ विगठन पछि के बुझ्यौँ, के शिक्षा लियौँ ? त्यसको रक्षा, विकास र प्रयोगका लागि के भयो होला ? जब समाजमा बहुदलियता छ भने त प्रतिस्पर्धा त हुन्छ होला नि ।’

उनले निर्वाचन प्रणालीबाट यहाँसम्म पार्टी अगाडि बढेको बताउँदै संवैधानिक सर्वोच्चता विधिको शासन, शक्ति पृथकीकरण मानेको बताउँदै त्यसको सट्टामा पार्टी मात्र मान्ने हो भने किन सर्वोच्च अदालत किन संसद चाहियो भन्दै प्रश्न गरे ।  उनले भने– ‘सरकार त सक्कियो नि पार्टी नै सरकार हो भने । किन यो मानेको शक्ति पृथकीकरण ? जीवनमा त्यही कुरा मान्ने, अनि भन्न किन लाज मान्ने ?’ 

मन्त्री बास्कोटाले जबज प्रयोग गर्ने तर भन्न लजाउन नहुने बताए । उनले थपे– ‘यो जबज भन्न लजाउनुपर्ने कुनै कारण छैन । हामी त्यही बाटो हिँडिसक्यौँ, सिरानी हालिसक्यौं, गम्लङ्ग अङ्गालो हालिसक्यौँ, मनमा त्यही छ, यसमा कुनै हारजित त छैन नि । दार्शनिक, वैचारिक, सैद्धान्तिक कोणबाट हेरौँ, नेपालको संघर्षको कोणबाट हेरौँ यो त गतिशील विज्ञान हो नि । मदन भण्डारीले ल्याउनुभयो के बिगार्नुभयो ? जसले यहाँसम्म पार्टीलाई ल्याइपु¥याएको छ । संगठनात्मक हिसाबले पनि लोकतान्त्रिक हो, विचारको हिसावले पनि लोकतान्त्रिक हो । जमिनदेखि जंगलसम्म त्यही हो । मान्ने नमान्ने भन्ने बहस महाधिवेशन पछि होला । मेरो आफ्नो मत यहि हो । सबै कुरा मन प¥यो तिमी मन परिनौं भन्ने कुराको केही अर्थ छैन जस्टिफाई हुँदंैन ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप