डा. भगवान कोइरालाले निर्माण गर्ने अस्पताललाई सरकारले जग्गा लिजमा दिने
बिहीबार, ०९ साउन २०७६, १७ : २४
काठमाडौँ । केही समय पहिला सबै प्रदेशमा बाल अस्पताल सञ्चालन गर्ने उद्घोष गरेका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइरालालाई सरकारले जग्गा उपलब्ध गराउने भएको छ ।
कोइरालाको इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई काठमाडौँमा ४१ रोपनी १० आना ३ पैसा सरकारी जग्गा उपलब्ध गराउने आज बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको जनाएको छ ।
बुढानीलकण्ठ नगरपालिका–७ मा नेपाल सरकारका नाममा रहेको कित्ता नम्बर २३ को उल्लेखित परिमाणको जग्गा इन्स्टिच्युटलाई लिजमा दिने सरकारले निर्णय गरेको हो ।
गैरनाफामूलक संस्था र व्यक्तिसँगको सहकार्यमा काठमाडौँमा १०० बेड र प्रदेशमा कम्तीमा ५० बेडका स्याटलाइट अस्पताल स्थापना गर्ने डा. कोइरालाले जनाएका छन् ।
यो अभियानको लागि गुडविल एम्बेसडर सारेगम लिटिल च्याम्प रियालिटी सोका उपविजेता प्रितम आचार्यलाई घोषणा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी विरोधीले मिथ्या सूचना र भ्रामक प्रचारलाई हतियार बनाइरहेका छन् : केपी ओली
-
डा. गीता त्रिपाठीका तीन कविता
-
नेपालमै अब अन्तर्राष्ट्रियस्तरको जिम ट्रेनर प्रशिक्षण
-
रास्वपा पपुलिष्ट, कांग्रेस परम्परावादी दक्षिणपन्थी शक्ति : ओली
-
ओलीले अझै स्वीकारेनन् अदालतको आदेश, भने- संविधानको अपव्याख्या गरी सरकारबाट विस्थापन गरिएको थियो
-
राजतन्त्रलाई फर्काउन खोज्ने प्रयास सफल हुने कुनै सम्भावना छैन : ओली