बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

केसीसी एक्जिभिट २०१९ भोलिदेखि

बिहीबार, ०९ साउन २०७६, १६ : ४७
बिहीबार, ०९ साउन २०७६

काठमाडौं– सन् २००० देखि पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सूचना प्रविधि तथा इन्जिनियरिङ कलेज कान्तिपुर सिटी कलेज (केसीसी)ले यही शुक्रबार र शनिबार आफ्नै प्राङ्गणमा केसीसी एक्जिभिट २०१९ आयोजना गर्दै छ । 

केसीसी एक्जिभिट २०१९ को मूल नारा ‘निपुर्ण विचार, दीगो उपाय’ रहेको छ । यस कार्यक्रममा विद्यार्थीहरूले आफ्ना नयाँ–नयाँ प्रोजेक्टहरू प्रदर्शन गर्नेछन् र उद्योग, संघसंस्थाहरू तथा प्राज्ञिक क्षेत्रसँग यससम्बन्धी अन्तरक्रिया गर्नेछन् । 

कार्यक्रममा सूचना प्रविधि, इलेक्ट्रोनिक्स र सिभिल इन्जिनियरिङका विद्यार्थीका २६ भन्दा बढी प्रोजेक्टहरू, चारवटा फुड स्टल, गेम स्टल, साङ्गीतिक कार्यक्रम र ‘दीगोपनका लागि प्रविधि’बारे सम्मेलन आयोजना हुनेछ । 
दुई दिनमा २० हजारभन्दा बढी अवलोकनकर्ताहरूको अपेक्षा गरिएको छ ।

प्रदर्शनीका केही प्रोजेक्टहरूमा क्यूआर कोडबाट रष्टुराँको अर्डर व्यवस्थापन, दर्ता चलानी, रोबोट, होम अटोमेसन, क्वाडकप्टर, कोटेश्वर ट्राफिक व्यवस्थापन, आकाशे पानी संकलन, स्मार्ट सिटी नमूना, पुनर्निर्माणका लागि नेपाली घरको नमूनालगायत रहेका छन् । 

त्यस्तै, कार्यक्रममा नेपाली गायक प्रमोद खरेल, डान्सर बिनु शाक्य, लोकगायिका निशा जि एमलगायतको प्रस्तुति पनि रहने कलेजले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप