आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अब विदेशमा घुम्न र पढ्न सहज नहुने, राष्ट्र बैंकले लियो यस्तो नीति

बिहीबार, ०९ साउन २०७६, १३ : ४५
बिहीबार, ०९ साउन २०७६

काठमाडौं–‘अध्ययन,सामूहिक भ्रमण लगायतमा हुने विदेशी विनिमय खर्चलाई नियमन गर्न आवश्यक नीतिगत व्यवस्था गरिनेछ ।’ यो बुँदा नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मौद्रिक नीतिमा उल्लेख छ । १४३ नम्बरमा रहेको यस बुँदाले अध्ययन तथा भ्रमणका लागि विदेश जाने नेपालीलाई कडाइ गरिने संकेत दिएको छ । 

बर्षेनी भ्रमण तथा अध्ययनका लागि मोटो रकम बाहिरिने गरेको छ । जसले गर्दा विदेशी मुद्राको सञ्चितीमा समेत चाप परेको छ । कुन प्रयोजनका लागि पढ्न तथा घुम्न विदेश जान लागिएको हो सोको उपयुक्तता बुझेर सोही अनुसार नियमन गर्ने राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकले विदेश जान कडाइ गर्दै यसअघि नै केही नीति लिइसकेको थियो । उसले विदेश भ्रमणमा जाँदा लिने सटही सुविधा १५ सय डलरमा झारिसकेको छ । एक व्यक्ति २५ सय डलरसम्म सटही गर्न सक्ने सुविधालाई राष्ट्र बैंकले यसअघि नै घटाएको हो । 

गत बर्ष विदेश भ्रमण र अध्ययनका लागि मात्र ८० अर्ब रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको तथ्याँकमा छ ।  मौद्रिक नीतिको यो बुँदा कार्यान्वयनका लागि राष्ट्र बैंकले सर्कुलर जारी गरेपछि मात्र कार्यान्वयनमा आउनेछ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप