शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मौद्रिक नीतिबारे यस्तो छ उद्योगीहरुको प्रतिक्रिया

बुधबार, ०८ साउन २०७६, १९ : ४१
बुधबार, ०८ साउन २०७६

कठमाडौं– उद्योगी/व्यवसायीहरुले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिलाई थप अध्ययन गरेर मात्रै प्रतिक्रिया दिने बताएका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले मौद्रिक नीति सार्वजनिक भएलगत्तै सञ्चारकर्मीमाझ थप अध्ययन गरेर मात्रै प्रतिक्रिया दिने बताएकी छिन् । उनले तरलता व्यवस्थापन, ब्याजदरलगायतका विषयमा मौद्रिक नीति उत्साहजनक रुपमा आएपनि सेवा शुल्कको सम्बन्धमा भने आफूहरुको माग सम्बोधन हुन नसकेको पनि स्पष्ट पारिन् ।

नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले चालू आर्थिक वर्ष भित्र साढे ८ प्रतिशत आर्थिक वृद्धि गर्ने सरकारको लक्ष्य हासिल गर्ने चुनौति सामना गर्ने गरी सो मौद्रिक नीति आएकाले त्यसमा आलोचना गरिहाल्न नमिल्ने प्रतिक्रिया दिए । उनले सो मौद्रिक नीति प्रभावकारी ढंगले कार्यान्वयन नभए समस्या हुने दावी पनि गरे ।

यता, नेपाल बैंकर्स संघले भने नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति अपेक्षा अनुसारनै आएको प्रतिक्रिया दिएको छ । संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले मौद्रिक नीति अपेक्षा अनुसारनै आएको प्रतिक्रिया दिएका हुन् ।

उनले बैंक मर्जर, तरलताको व्यवस्थापन र व्याजदर सम्बन्धि व्यवस्था आफूहरुले दिएको सुझाव अनुसारनै मौद्रिक नीतिमा समावेश गरिएकाले यसको कार्यान्वयनमा लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
अध्यक्ष ढुंगानाले मौद्रिक नीतिमा व्याजदरमा राखिएको प्रावधानले आर्थिक वृद्धिका लागि ठोस आधार प्रदान गर्ने विश्वास पनि व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप