प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश
काठमाडौं– संघीय संसदको प्रतिनिधिसभाको बैठकमा बाढी, पहिरो र डुबान पीडितको राहतका लागि ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ पेश गरिएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डा.मिनेन्द्रप्रसाद रिजालले बाढी, पीडित र डुबान पीडितको राहत, उद्धार र पुनस्र्थापनाका लागि प्रतिनिधिसभाको बुधबारबाट सुरु भएको बैठकमा सो प्रस्ताव पेश गरेका हुन् ।
बाढी, पहिरो र डुबान पीडितलाई राहत, उद्धार तथा पुनस्र्थापनका लागि राष्ट्रिय सहमति जुटाउन संसदमा सो प्रस्ताव पेश गर्नुपरेको पनि काँग्रेस नेता रिजालले स्पष्ट पारे । उनले जनतालाई राहत, उद्धार र पुनस्थापनाको उचित व्यवस्था गर्न पनि सरकार र प्रतिपक्ष दलहरुले मिलेर काम गर्नुपर्ने स्पष्ट पारे ।
उनले सरकार एक्लैले सो विपत्तिको सामना गर्न नसक्ने भएकाले पनि संसदमा सो विषयमा छलफल गरेर अघि बढन आफूले सो प्रस्ताव पेश गरेको पनि उल्लेख गरे । उनले पीडामा परेका जनतालाई साथ दिन संसदबाटै सबै राजनीतिक दलहरुले एकताबद्ध भएर अघि बढने संकल्प गर्नुपर्ने धारणा पनि राखिन् ।
त्यसअवसरमा नेता रिजालले बाढी, राहत र उद्धारमा सरकारले हालसम्म गरेका कामको जानकारी संसदलाई गराउन पनि गृहमन्त्री रामबहादुर थापासँग माग गरे । सत्तापक्ष र प्रतिपक्ष दुवै मिलेर जनताको पीडालाई सम्बोधन गर्न लाग्नुपर्ने पनि बताए ।
नेता रिजालले पेश गर्नु भएको सो प्रस्तावको राष्ट्रिय जनता पार्टी, नेपालका सांसद राजकिशोर यादवले समर्थन गरेका छन् । गत असार २७ गतेबाट सूरु भएको ३ दिनसम्मको अविरल वर्षाका कारण देशका विभिन्न भागमा सयभन्दा बढिको ज्यान गएको थियो भने अर्बौको धनजनको क्षति भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री
-
ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल