बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नक्कली नेपाली रुपैयाँ सहित एक जना पक्राउ

बुधबार, ०८ साउन २०७६, १४ : ४८
बुधबार, ०८ साउन २०७६

बारा-आदर्शकोतवाल गाउँपालिका-५ रुपौलियाबाट चितवन राप्ती नगरपालिका-८ बीरेन्द्रनगर बस्ने ३७ वर्षीय पर्शुराम न्यौपानेलाई एक हजार दरका नक्कली नेपाली रुपैयाँ ४ थान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 

सोही ठाउँस्थित मोहन सहनीले संचालन गरेको मदिरा पसलमा न्यौपानेले बियर खरिद गर्ने क्रममा दिएको एक हजार दरको १ वटा नोट नक्कली भएको भनी पसल संचालकले खबर गरे पश्चात खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिई जाँच गर्दा निजको खल्तीमा थप हजार दरका थप ३ वटा नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप