शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नक्कली नेपाली रुपैयाँसहित एकजना पक्राउ

बुधबार, ०८ साउन २०७६, १४ : २२
बुधबार, ०८ साउन २०७६

बारा– नक्कली नेपाली रुपैयाँसहित एक पुरुषलाई प्रहरीले पक्रा गरेको छ । चितवन राप्ती नगरपालिका–८ बीरेन्द्रनगर बस्ने ३७ वर्षीय पर्शुराम न्यौपानेलाई एक हजार दरका नक्कली नेपाली रुपैयाँ ४ थान सहित आदर्शकोतवाल गाउँपालिका ५ रुपौलियाबाट मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

सोही ठाउँस्थित मोहन सहनीले सञ्चालन गरेको मदिरा पसलमा न्यौपानेले बियर खरिद गर्ने क्रममा दिएको एक हजार दरको १ वटा नोट नक्कली भएको भनी पसल सञ्चालकले खबर गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले नियन्त्रणमा लिएर जाँच गर्दा उनको खल्तीमा थप हजार दरका ३ वटा नक्कली नोट फेला परेको थियो ।  पक्राउ परेका न्यौपानेमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप