सत्यवती बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ११ पुग्यो, २ जना अझै वेपत्ता (अपडेट)
गुल्मी– गुल्मीको सत्यवती गाउँपालिका वडा नम्वर ४ लिम्घामा बेपत्ता भएका भएका २ जना एक बालिका र एक डेढ वर्षीया बालिकाको शव प्रहरीले बुधबार फेला परेको छ । योसहित त्यस गाउँमा ८ जनाको मृत्यु भएको छ भने एकै परिवारका ६ जना परेका छन् । वडा नम्वर ३ को ठुलो लुम्पेकसहित मृतकको संख्या ११ पुगेको छ भने बेपत्ता २ जना रहेका छन् ।
मृतकमध्ये ७० वर्षीया छलि बिक र ९ वर्षीया सिवानी बिक हजुरआमा र नातिनी एकाघरका हुन भने ३२ वर्षीया निर्मला र २९ वर्षीया पम्पा विक एकाघरका जेठानी दिदी बहिनी र माइतीका पनि दिदी बहिनी हुन् ।
उनीहरुका सन्तानहरु ५ वर्षीय हिमान्सु, बेपत्ता भई आज मृत फेला परेका तारा विक र डेढ वर्षीय सुमन विक हुन् । १२ वर्षीया अञ्जली विक सानीआमा पम्फी विकको घरमा उसै दिन साँझ पाहुना बस्न आएर ज्यान गएको हो भने पम्फीका ९ वर्षीया छोरा फेरि मवालीमा पाहुना बस्न गएर बाँच्न सफल भएका छन् ।
उनीहरुका श्रीमान भारतमा छन् र बाटोमा आउँदै गरेको बताइएका छन् । ठुलो लुम्पेकमा चारैतिरको पहिरोले घेरेर झण्डै पाँचसय जना विभिन्न विद्यायलमा ल्याएर बसालिएको गाउँपालिका प्रमुख पारिश्वर ढकालले बताए । मैले यस्तो विपद मेरो जीवन मै देखेको थिइन ढकालले भने, ‘म आफै किकर्तव्यविमुढ भएको छु,’ ढकालले भने, ‘चौतर्फी मोटरबाटो अवरुद्ध भएका कारण खाद्यन्नको अभाव भएको छ ।
हेलिकप्टरमार्फत खाद्यान्न खसाल्न पनि सकिन्थ्यो तर पानी परेको परै छ ।’ घटनास्थलमै हिजोदेखि खटिएका प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले पनि यहाँको विपद देखेर मुख्यमन्त्री र आन्त्रिक मामिला तथा कानुनमन्त्री केन्द्र सरकारसम्म आफुले समन्व्य गरेर राहतको पहल गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माको प्रश्न– यामलालजीले जे भन्यो त्यही हामीले मान्नुपर्ने ?
-
तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र
-
मध्य पूर्वमा महायुद्ध छेडिने सङ्केत
-
काठेखोला गाउँपालिका आधारभूत अस्पताल निर्माण गर्दै
-
विमानस्थलबाट २ अर्ब ९४ करोड रुपैयाँको सुन चोरी मामिलामा विमानस्थलका ६ कर्मचारी पक्राउ
-
आईपीएलमा आज : ईकाना स्टेडियममा पहिलो पटक एकअर्कालाई हराउने धुनमा लखनउ र चेन्नई