बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बाढीले घर डुवेपछि छिमेकीकोमा शरण

बुधबार, ०८ साउन २०७६, १३ : १९
बुधबार, ०८ साउन २०७६

झापा– रातिदेखि परेको अविरल वर्षाका कारण झापाको विर्तामोड, बनियानी लगायतका क्षेत्रका केही घर डुवानमा परेका छन् । 

इलाका प्रहरी कार्यालय बनियानीले दिएको जानकारी अनुसार झापा कचनकवल गाउपालिका ६ बनियानी बस्ने उमा ढुङ्गानाको टाटी बेराले बनाएको घरमा पानी पसेर बस्न नमिल्ने भएको छ ।

 उनको घर डुवेपछि प्रहरीले पीडित परिवारलाई छिमेकी दिपा अर्यालको घरमा स्थान्नतरण गरेको छ । 

त्यस्तै अदुवाखोलामा आएको बाढी झापा बिर्तामोड नगरपालिका ९ बस्ने मोहन कुमार उप्रेतीको ३ जनाको परिवार , भक्ति गौतमको ४ जनाको परिवार, सोमनाथ थापाको ५जनाको परिवार, घनश्याम सुबेदीको ६जनाको परिवार, सुनिता बास्कोटाको ४ जनाको परिवारलाई पनि छिमेकीको घरमा सारिएको प्रहरीले जनाएको छ ।

 उता झापा मेची नगरपािलका –७ सृजनशिल टोल  गुम्वा छेउस्थित कालीखोलामा पानीको बस्तीमा पस्दा ५ वटा सुगुर बगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप