पाँचतारे होटलमा अर्डर गरे केरा, बिल देखेपछि यी नायकको उड्यो होस्
हामीले विलासी होटलका मोटो बिलबारे त सुनेको वा भोगेका छौं होला । तर बलिउड नायक राहुल बोसमाथि जे भयो त्यो थाहा पाएपछि सबैजना चकित छन् ।
उनले एक पाँचतारे होटलमा दुईवटा केरा खाए । दुईवटा केराका लागि बिल थियो ४ सय ४२ भारु ।
राहुलले यसबारे ट्वीटरमार्फत् जानकारी दिए । राहुलले भिडियो सुट गरेर आफू तत्काल सुटिङका लागि चन्डीगढमा भएको र त्यहाँको जेडब्ल्यू म्यारियोट होटलमा बसेको बसेको जानकारी दिए ।
भिडियो पोष्ट गर्र्दै उनले लेखे, ‘यो विश्वास गर्नका लागि तपाईंले यो हेर्नुपर्छ । फलफूलले तपाईंको अस्तित्वमा क्षती पुर्याउँछ भनेर कसले भन्छ ? जेडब्ल्यू म्यारियोट चन्डिगढलाई सोध्नुहोस् । ’
You have to see this to believe it. Who said fruit wasn’t harmful to your existence? Ask the wonderful folks at @JWMarriottChd #goingbananas #howtogetfitandgobroke #potassiumforkings pic.twitter.com/SNJvecHvZB
— Rahul Bose (@RahulBose1) July 22, 2019
भिडियोमा राहुलले आफू जिममा वर्कआउट गरिरहेको र यतिबेला उनले दुईवटा केरा अर्डर गरेका थिए । उनले अर्डर गरेको कुरा त कोठामा आइपुग्यो तर केरासँगै जुन बिल आयो त्यो हैरान गरिदिने किसिमको थियो ।
राहुलको यो भिडियो सोसल मिडियामा निकै भाइरल भइरहेको छ । सोसल मिडिया प्रयोगकर्ताले विलासी होटलको मनपरी मूल्यमाथि प्रश्न उठाइरहेका छन् । सियाक्सकेप नामका एक ट्वीटर प्रयोगकर्ताले लेखे, ‘मलाई थाहा थिएन कि सेलिब्रिटी ट्याग यो मूल्यसहित आउँछ ।’ यस्तै, असिम यादवले लेखे, ‘यदि तपाईंले बनाना शेक मगाउनुभएको भए त यसको मूल्य नयाँ सार्वजनिक भएको आइफोनको मूल्य बराबर हुन्थ्यो ।’
वरुण अत्रीले लेखे, ‘प्रश्न यो छ कि के उनीहरुले अष्ट्रेलियाबाट केरा निर्यात गरेका थिए ।’
ऋषिकेशले लेखे, ‘तपाईंले यो भिडियो सेयर गरेर राम्रो गर्नुभयो । कम्तिमा हामीलाई यो थाहा भयो कि भविष्यमा हामी कहाँ नजाने ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
४ प्रतिक्रिया
भर्खरै
-
बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा, फ्रान्ससँगको भेट पक्का
-
८८औँ मिनेटमा मिकेल मेरिनोको गोल, बेल्जियम विरुद्ध स्पेन पुनः २–१ ले अघि
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
-
स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण