केन्द्रीय संस्करण
आजको बहस

खुला राजनीति : चाहिएको के – जुझारु कि सत्तामा पुर्‍याउने पार्टी ?

पार्टी अर्थात् सत्तामा पुग्ने भर्‍याङ

person explore access_timeसाउन ८, २०७६ chat_bubble_outline1

“क्रान्तिकारी सिद्धान्तबेगर क्रान्तिकारी आन्दोलनको सम्भावना रहन्न ।” ‘ह्वाट इज टु बी डन ?’ नामक पुस्तकमा यो वाक्य उद्धृत गरिएको छ । लेनिनले मार्क्सवादलाई नै क्रान्तिकारी सिद्धान्त मानेको कुरा यहाँ दोहोर्याइरहनु पर्दैन । कार्ल मार्क्सले क्रान्ति सम्पन्न गर्न कस्तो कार्यक्रम र कस्तो सङ्गठन आवश्यक हुन्छ भन्नेबारे धेरै लेखेका छैनन् । आआफ्नो मुलुकको अर्थराजनीतिक परिस्थितिअनुरूप सङ्घर्षको कार्यक्रम निरूपण गर्नुपर्ने भएकाले पनि ‘यो कार्य’ भावी क्रान्तिकारीहरूकै जिम्मामा छोडिदिएका छन् । यद्यपि कार्ल मार्क्सको ‘क्रिटिक अफ गोथा प्रोग्राम’मा क्रान्तिको उद्देश्य र लक्ष्यबारे भनिएको छ, “श्रमजीवी वर्गको उत्थान श्रमजीवी आफैले सङ्घर्ष गरेर प्राप्त गर्नुपर्ने हुन्छ । यद्यपि श्रमजीवी वर्गले वर्गसङ्घर्षमार्फत् प्राप्त गर्ने राज्य कुनै एउटा वर्गको अधिनस्थ वा एकाधिकार स्थापित गर्न वा सुविधा प्राप्तिका लागि  हुनेछैन, बरु सबैको समान अधिकार, कर्तव्य, र वर्गीय राज्यको शासन हटाउन केन्द्रित हुन पर्छ ।”

लेनिनले पुँजीवादी व्यवस्थामा ‘राजकीय शक्ति बुर्जुवाजीहरूको पक्षमा उनीहरूकै सेरोफोरोमा केन्द्रित रहन्छ भन्ने निक्र्योल निकालेका थिए । उनी भन्छन्, “सुरक्षा, प्रशासन यन्त्र तथा राजनीतिक पार्टीहरूको शीर्ष नेतृत्वलाई प्रभावित गर्दै बुर्जुवा शक्तिले आफ्नो वर्गीय हितमा  राजकीय निर्णय र कार्यान्वयन गर्ने तहमा भूमिका खेल्न सक्छन्, खेल्छन् । क्रान्तिको अर्थ श्रमजीवी वर्गले वर्गसङ्घर्षमार्फत त्यो बुर्जुवा वर्गमा केन्द्रित राज्य शक्तिलाई आफ्नो हातमा लिने वा अधिनस्थ गर्ने कुरामा अथ्र्याइन्छ । यो सामान्य कुरा होइन । यस्तो क्रान्ति सम्पन्न गर्न तल अर्थात जमिनमा उभिएको शक्ति (आम जनता) एकीकृत र सङ्गठित हुने र सङ्घर्षमा सहभागी भए मात्र सम्भव हुन्छ । त्यसैले श्रमजीवीको शक्तिको स्रोत भनेको जनता हुन् र पछिल्लो कालखण्डमा शक्तिको स्रोत जनतामा निहित रहन्छ”, (दी डियोल पावर, सेलेक्टेड वक्र्स, खण्ड दुई, प्रोग्रेस पब्लिसर्स, मस्को) ।

*****

आम जनतालाई डोर्याउन, क्रान्तिमा होम्न, र सोचेअनुसारको सफलता प्राप्त गर्न लेनिनले साङ्गठानिक ढाँचाको जन्म दिए । त्यो सङ्गठानिक ढाँचा सञ्चालन गर्न नयाँ विधि, मूल्य र मान्यता, पाठ्यक्रमसहितको स्कुल सञ्चालनमा ल्याइए । त्यो विधि र प्रक्रिया सङ्गठन परिचालन गर्ने सैद्धान्तिक ढाँचालाई नै ‘जनवादी केन्द्रीयता’ (डेमोक्रेटिक सेन्ट्रालिजम) भनियो ।

*****

आम जनतालाई डोर्याउन, क्रान्तिमा होम्न र सोचेअनुसारको सफलता प्राप्त गर्न लेनिनले साङ्गठानिक ढाँचाको जन्म दिए । त्यो सङ्गठानिक ढाँचा सञ्चालन गर्न नया विधि, मूल्य र मान्यता, पाठ्यक्रमसहितको स्कुल सञ्चालनमा ल्याइए । त्यो विधि र प्रक्रिया सङ्गठन परिचालन गर्ने सैद्धान्तिक ढाँचालाई नै ‘जनवादी केन्द्रीयता’ (डेमोक्रटिक सेन्ट्रालिजम) भनियो । लेनिनले प्रतिपादन गरेका अनेकन राजनीतिक विवेचना र प्रस्तावना लगायत यो जनवादी केन्द्रीयताको सिद्धान्तलाई समेत समेटेर ‘लेनिनवाद’ भन्ने गरियो ।

जनवादी केन्द्रीयता सैद्धान्तिक आधार

अठारौँ शताब्दीमा दर्शनशास्त्री इम्यानुयल कान्टले परिवर्तनका लागि केही नयाँ सूत्र अगाडि सारेका थिए, जसलाई लेनिनले बहस अगाडिको रूपरेखाको (प्रि–डाइलेक्टिकल फर्मुलेसन) सज्ञा दिएका छन् । उनले (क) समाजवाद र वर्ग सङ्घर्ष सँगसँगै उठ्छन् र एकअर्कोभन्दा भिन्न रहन्न । (ख) सर्वहारा वर्ग आफैमा सामाजिक चेतना जगाउन असमर्थ रहन्छन् । यसको अर्थ बुर्जुवावर्गभित्रै हुर्किएका बुद्धिजीवीले नै समाजवादी चेतनाको विस्तार गर्नेछन् । (ग) समाजवादी चेतना बाहिरबाट ‘सिर्जित’ हुन्छ आफै स्फुरण हुँदैन । कान्टका यी सूत्र व्यवहारमा सर्वहाराका पक्षमा कार्यान्वयन हुन सकेनन् किनकि यो अवधारणा आधारमा जुझारु सङ्गठन  निर्माण हुन सक्ने अवस्था थिएन र आम जनसमुदायको सहभागिता त्यो समयमा कल्पनाभन्दा बाहिरको कुरा ठानिन्थ्यो ।

‘कुनै पनि खाले वर्गीय राज्य रहुन्जेल शोषण र उत्पीडन कायम रहन्छ’, भन्ने मार्क्सको भनाइ (क्यापिटल भोलुम १, पेज ८३ प्रोगेस पब्लिसर्स) लाई गहिरोसँग बुझेका लेनिनले सर्वहारा प्रजातन्त्र र  केन्द्रीयताको मिश्रणले मात्रै कम्युनिस्ट पार्टी चल्न सक्छ भन्ने पहिलो सैद्धान्तिकीकरण गरे । त्यस्तो फ्युजनको चरित्रअन्तर्गत साङ्गठानिक रूपमा सामेल व्यक्ति वा शक्तिहरूले निरन्तर सामूहिक प्रयत्न वा क्रियाकलाप गर्नुपर्ने प्रस्तावना अगाडि सारे । समग्र पार्टी सङ्गठनको सामूहिक सङ्घर्षको प्रयत्नले मात्रै लक्षित गन्तव्यमा पुग्न सक्ने कुरा उनले औँल्याएका छन् । कम्युनिस्ट पार्टीमा केन्द्रीयताको अर्थ ‘औपचारिक’ वा ‘अचेतन’ वा ‘मेकानिकल’ भन्ने अर्थमा होइन, आपसमा सामूहिक जीवन्त सम्बन्ध स्थापित गरिनुका साथै प्रजातान्त्रिक प्रक्रियामार्फत स्थापित सामूहिक नेतृत्व प्रणाली स्थापित गरेर सामूहिक तवरमा राजनीतिक सङ्कटको सामना गर्न सकिन्छ भन्ने नै जनवादी केन्द्रीयताको सैद्धान्तिक सार हो । पार्टी सङ्गठनभित्र सबै सदस्यहरू बीचको जीवन्त सम्बन्ध एकातर्फ र सबै तह र तप्कामा क्रियाशील सदस्यहरूको आम जनतासँग जीवन्त सम्बन्ध स्थापित गर्ने विषय जनवादी केन्द्रीयताभित्र उत्तिकै अर्को महत्त्वपूर्ण विषय मानिन्छ (हेर्नुहोस् ‘ह्वाट इज टु वी डन’ मस्को प्रोग्रेस पब्लिसर्स, १९७८) ।

*****

कम्युनिस्ट पार्टीमा केन्द्रीयताको अर्थ ‘औपचारिक’ वा ‘अचेतन’ वा ‘मेकानिकल’ भन्ने अर्थमा होइन, आपसमा सामूहिक जीवन्त सम्बध स्थापित गरिनुका साथै प्रजातान्त्रिक प्रक्रियामार्फत स्थापित सामूहिक नेतृत्व प्रणाली स्थापित गरेर सामूहिक तवरमा राजनीतिक सङ्कटको सामना गर्न सकिन्छ भन्ने नै जनवादी केन्द्रीयताको सैद्धान्तिक सार हो ।

*****

कम्युनिस्ट सदस्य हुनु भनेको कम्युनिस्ट पार्टीको सिद्धान्त नीति तथा कार्यक्रमसँग सहमत भएर, उसका स्थापित अनुशासन, मूल्यमान्यता र पद्धतिलाई स्वीकार गर्नु  जिम्मेवारीभित्र पर्छ । पार्टीले दिएको जिम्मेवारीलाई पूरा गर्नु सबै सदस्यको कर्तब्य हुन्छ । पार्टीले अंगिकार गरेको नीति र कार्यक्रमको कार्यान्वयन आवधिक समयका लागि पार्टीका सम्पूर्ण सदस्यहरूको जिम्मेवारीभित्र पर्छ । सबै तहको पार्टी नेतृत्व मातहत पार्टीका सबै सदस्य वा सम्पूर्ण पार्टी कमिटीबाट वा निर्वाचित प्रतिनिधि (डेलिगेट) बाट छानिन्छन् । जनवादी केन्द्रीयतामा पार्टीका सबै तल्ला तहका निकायहरू माथिल्लो कमिटीका सहायक हुन्छन् । त्यसैले तलका सम्पूर्ण निकाय माथिल्लो कमिटीको मातहत हुन्छन् । सबैभन्दा माथिल्लो निकाय पार्टी महाधिवेशन हुने गर्छ । एउटा महाधिवेश र अर्काेको बीचमा केन्द्रीय समिति जिम्मेवार निकायका रूपमा स्थापित गरिन्छ । यद्यपि सबै पार्टी सदस्यहरू महाधिवेशनप्रति जिम्मेवार हुन्छन् ।

*****

कम्युनिस्ट पार्टीमा कुनै पनि सदस्य जिम्मेवारीविहीन रहँदैन । कुनै पनि किसिमको कार्यसम्पादन गर्नुअघि काम सम्पादन गर्ने जिम्मेवारी पाएको न्युक्लियस वा समितिलाई सम्पादन गरिनुपर्ने विषय वस्तुबारे राम्रो तालिम वा जानकारी दिइन्छ ।

*****

पार्टी निर्णय कार्यान्वयन तलदेखि माथिसम्म सानो समूह, कमिटी वा आयोग, फराकिलो समूह वा प्रm्याक्सन वा न्युल्किएसमार्फत गरिन्छ । विभिन्न तहमा कामको जिम्मेवारी विनापूर्वाग्रह सिनियरिटी र कार्य दक्षताका आधारमा दिइन्छ । कम्युनिस्ट पार्टीमा कुनै पनि सदस्य जिम्मेवारीविहीन रहँदैन । कुनै पनि किसिमको कार्य सम्पादन गर्नुअघि काम सम्पादन गर्ने जिम्मेवारी पाएको न्युक्लिएस वा समितिलाई सम्पादन गरिनुपर्ने विषयवस्तुबारे राम्रो तालिम वा जानकारी दिइन्छ । कार्यसम्पदन गर्ने टिमको अगुवाइ गर्ने टिम लिडर छानिन्छ । प्रत्येक न्युक्लियस, फ््रयाक्सन वा समूहले आफ्नो कार्यसम्पदन सम्वन्धि रिपोर्ट आफु भन्दा माथिल्लो कमिटीमा प्रस्तुत गर्नुपर्छ । कार्यसम्पादन जनहित हुने गरी भयो भएन, सम्बन्धित समाज र समुदायलाई उत्साहित तुल्यायो तुल्याएन, कार्य सम्पादन गरिँदा प्रभावकारी सहभागिता रह्यो रहेन भन्ने मूल्याङ्कन गरिन्छ । कार्यसम्पादनको  सफलता आम जनसमुदायको रुचि र सहभागिताले निर्धारण गर्छ । कार्यक्षमता वा कुशलताको मूल्याङ्कन जनताको रुचि र तिनको सहभागितामा निर्भर गर्छ । कुनै पनि कार्य सम्पादनको असफलता कार्यान्वयनमा ल्याउने न्युक्लियस, समूह वा कमिटीको मात्र हुँदैन । कामको  आवश्यकता ठान्ने, डिजाइन गर्ने र प्रशिक्षण उपलब्ध गराउने टिम वा समितिसमेत जिम्मेवार हुनपर्छ यस मानेमा जनवादी केन्द्रीयतामा नैतिक र भौतिक जिम्मेवारी (रेस्पोन्सिबिलिटी र अकाउन्टेबिलिटी) माथिल्ला समितिहरूले पनि जिम्मेवारी ग्रहण गर्नैपर्ने हुन्छ ।

यो पढ्न छुटाउनुभयो कि ?

अर्थचिन्तन : चरम संकटमा पूँजीवादः यस्तो हुन सक्छ वैकल्पिक अर्थनीतिका पाटाहरु

पार्टीले अख्तियार गर्ने आवधिक नीति–कार्यक्रम पारित गर्ने विषय पार्टीका सबै सदस्यहरूको जिम्मेवारीको विषय हो । त्यसैले विभिन्न समितिमा आबद्ध सबै सदस्यहरू नीति तथा कार्यक्रम तय गर्दा  प्रत्यक्ष वा परोक्ष सहभागी बनाइनुपर्छ । उनीहरूले खुलेर पक्ष र विपक्षमा आफ्नो राय राख्छन्, राख्न पाउनुपर्छ । पार्टीभित्र उपरितहको नेतामार्फत प्रस्तावित कार्यक्रममा छलफल गर्ने मात्र होइन त्यसको विकल्प प्रस्तुत गर्न र आफ्नो मत जाहेर गर्ने अधिकार सबै सदस्यमा हुन्छ । एकल एजेन्डा होइन विकल्पहरू समेत, औपचारिकतामा सीमित होइन रचनात्मक बहस, नाम मात्रको आलोचना र आत्मआलोचना होइन सत्यमा आधारित जस्ता विषय जनवादी केन्द्रीयताका मूल आधार हुन् । यी आधारमा टेकेर चलाइने बहसले अनुशासनभित्रै रहेर पनि सङ्गठन सञ्चालनमा नयाँ अन्वेषण गर्न सकिन्छ भन्ने मान्यता पनि अघि सारेको देखिन्छ । विषयवस्तु माथिको छलफलको टुङ्गो लगाउन भरसक सहमती खोजिन्छ नत्र बहुमत र अल्पमत गरिन्छ । बहुमतबाट पारित भइसकेपछि भने सबै सदस्यले आफ्नो मतलाई थाँती राखेर अर्को बहस नखोलुन्जेल निर्णय मान्नु बाध्यकारी हुन्छ ।

पार्टी निर्माण तथा पार्टी परिचालनको यो सोच लेनिनले मार्क्सले आह्वान गरेको ‘मानवीय समाज’मा रूपान्तरित गर्ने लक्ष्यलाई पूर्णता दिन अगाडि सारेका थिए । मार्क्सको मानवीय समाजको अर्थ पुँजीवादले खडा गरेको वर्गीय समाजविरुद्ध भातृत्वपूर्ण एैक्यबद्धतायुक्त (फ्र्याटर्ननल सोलिडारिटी) समाज निर्माणका खातिर नयाँ किसिमको विद्रोहका निमित्त सङ्गठित हुन एक प्रकारको आह्वान थियो । यो विद्रोहको मुख्य कारक तत्त्व रहने गरेको उत्पादनका साधनहरूको सामाजिकीकरण, निजी पुँजीको उन्मूलन र मानवले मानवलाई घोर शोषण गर्ने विचारकै उन्मूलन गर्नेध्येय प्रमुख थिए । यस्तो विद्रोहका लागि आम जनताबाटै सङ्गठित प्रयत्न थालिनुपर्छ भन्ने सोच नै सङ्गठनात्मक मर्म थियो (हेर्नुहोस्, लेनिन, दी डियोल–पावर, १९७७) । वर्तमान समयका ख्याति प्राप्त दार्शनिक स्ल्याभो झिझेकले आफ्नो लामो अध्ययनपछि निकालेको निष्कर्षसहित लेख्छन्, “‘जनवादी केन्द्रीयता’  जनता र पार्टीबीच गरिने तार्किक बहस (डाइलेक्टिकल इन्टर्याक्सन बिटविन पार्टी एन्ड मासेज) हो  जहाँ मुलुकमा भइरहेका कतिपय जनताका नाममा गरिइने बहुसङ्ख्यक गतिविधि वा तिनका नाममा गरिएका निर्णय लुकाइएका हुन्छन्, लाई उजागर गर्दै पार्टीले जानकारी गराउँछ र हित कसरी हुन्छ भन्ने बहस (इन्टर्याक्सन) चलाइन्छ (हेर्नुहोस्,  स्याल्भोज झिझेकद्वारा लिखित तथा  भर्सो, लन्डनबाट प्रकाशित ‘दी स्ब्लाइम अब्जेक्ट अफ आइडियोलोजी’) । 

बहुदलीय व्यवस्था र साङ्गठनिक विधि

‘ह्वाट इज टु वी डन ?’  लेनिनले १९०१ को हिउँदमा लेख्न सुरु गरेर १९०२ को फेब्रुअरीमा सिध्याएका थिए । यस अर्थमा ‘जनवादी केन्द्रीयताको’ उमेर आउने हिउँदमा १ सय १८ लाग्छ । सभा शताब्दी लामो यो अन्तरालमा धेरै राजनीतिक तथा सामाजिक उलटफेर भए । दुईवटा विश्वयुद्ध, हजारौँ आन्दोलन, सयौँ मुक्ति आन्दोलन, सयौँ सत्तापलटका घटना यो पृथ्वीले बेहोर्यो । फोर्डिइजम–टेलोरिजममा आधारित औद्योगिक क्रान्तिको विस्तारपछि पनि डिजिटल र रोबोटिक औद्योगिक क्रान्तिहरू भइसकेका छन् । किसान–किसानबीच र मजदुर–मजदुरबीचको सम्बन्धमा आकास जमिनको बदलाव आइसकेको छ । हिजो व्याख्या गरिएका ‘नेसनल’, ‘पेट्टी’ वा ‘कम्प्य्राडोर बुर्जुवा’ वा स्वघोषित क्रान्तिकारी कामरेडहरूकै  चरित्रमा पछिल्ला दुई औद्योगिक क्रान्तिले असाधारण परिवर्तन ल्याइदिएको छ । बितेका ४ दशकमा नवउदारवादी (नियोलिबरालिजम) अर्थराजनीतिले खडा गरेको संस्कृतिले सबै खाले शोषण र उत्पीडनबाट खडा भएका वर्गीय असमानताबाट मुक्ति दिलाउन खेजिएको मुक्ति सङ्घर्ष (लिबराटरियानिजम) चरम रूपमा प्रभावित भइरहेको देखिन्छ । लेनिनले प्रतिपादन गरेको ‘जनवादी केन्द्रीयता’को सान्दर्भिकता अझै बाँकी छ नेपाल लगायत विश्व सन्दर्भमा ? हिजोआज लेनिनवादको प्रयोग असान्दर्भिक रहेको कुरा उठाउने बौद्धिकहरूको जमात बढ्दो छ । तर अर्को वैकल्पिक साङ्गठानिक सिद्धान्त खास गरी नयाँ आधुनिक प्रगतिशील राजनीतिक पार्टी सञ्चालनको विधि र प्रक्रिया के हुन सक्छ भन्ने भरपर्दो विकल्प कसैले सारेको देखिँदैन ।

*****

हिजोआज लेनिनवादको प्रयोग असान्दर्भिक रहेको कुरा उठाउने बौद्धिकहरूको जमात बढ्दो छ । तर अर्को वैकल्पिक साङ्गठानिक सिद्धान्त खास गरी नयाँ आधुनिक प्रगतिशील राजनीतिक पार्टी सञ्चालनको विधि र प्रक्रिया के हुन सक्छ भन्ने भरपर्दो विकल्प कसैले सारेको देखिँदैन ।

*****

धेरैले म फलना ‘वादी’ हुँ भन्ने दाबी गर्छन् । तर दाबी गर्दैमा कोही केही ‘वादी’ हँुदैन । त्यो त व्यवहारमा अनुदित हुने विषय हो । नेपालका प्रायः सबै वामपन्थी र सेन्ट्रिस्टहरूले आफ्नो साङ्गठानिक सत्व गुमाइसकेका छन् । (भ्रम नरहोस् नेपाली काँग्रेसको साङ्गठनिक सार कार्ल काउत्स्की र एड्वार्ड बर्नेस्टाइनले स्थापित गरेको सङ्गठन सारबाटै खिचिएको थियो) । नेपाली राजनीतिमा सानाठूला सबै दलहरूले आफ्नो दलको नाम जे राखे पनि वा आआफ्ना झण्डामा जेजे चिन्ह अङ्कित गरे पनि उनीहरू आफूले हिजो दाबी गरेअनुसारको सैद्धान्तिक वैचारिक आदर्शमा आफूहरूलाई स्थापित गराएको वा परिचालन भइरहेको देखिँदैन । यसको अर्थ वामपन्थीहरूलाई वर्गविहीन समाजको स्थापनाका लागि सङ्घर्ष कल्पना (युटोपिया) हो, यथार्थ पुँजीवादको संवद्र्धन र प्रवद्र्धधन नै हो भन्ने लाग्न थालेको देखिन्छ । काँग्रेसलगायतका मधेसी जनजातिहरूलाई  प्रजातान्त्रिक समाज भन्नका लागि भन्दिने हो तर स्थापित गर्नुको कुनै तुक रहेन । त्यसैले नेपालको खुला राजनीतिमा रहेका अधिकांश पार्टीहरूका लागि जुझारू पार्टीको होइन ‘आफूहरूलाई’ सत्तामा पुर्याउने पार्टी मात्र चाहिएको छ ।

*****

वामपन्थीहरूलाई वर्गविहीन समाजको स्थापनाका लागि सङ्घर्ष कल्पना (युटोपिया) हो । यथार्थ पुँजीवादको संवद्र्धन र प्रवद्र्धन नै हो भन्ने लाग्न थालेको देखिन्छ ।

*****

रोजा लक्जेम्बर्ग र लियोन त्रोटस्कीले सुरुमा लेनिनको ‘डेमोक्रेटिक सेन्ट्रालिजमको’ यो थेसिसमाथि असन्तुष्टि जाहेर गरेका थिए । ‘डेमोक्रेसी’ र ‘सेन्ट्रालिजम’ दुवै एकअर्कामा कम अन्तरविरोध पैदा गर्नेवाला छैनन् । यी दुवै शब्दको गहिरो व्याख्या गर्न जरुरी छ रोजा र ट्राटक्सीको मत रहेको थियो । नभन्दै सोभियत सत्ताले एक दशक पार नगर्दै लियोन ट्राटस्की डेमोक्रेटिक सेन्ट्रालिजमको अपव्याख्या तथा साङ्गठनिक डिस्र्टोसनको सिकार बनाइए । डेमोक्रेसी र सेन्ट्रालिज दुवैको ठीक ढङ्गले व्याख्या र परिचालन गर्न नसक्दा सोभियत कम्युनिस्ट पार्टी सोभियत सङ्घलाई लिएर डुब्यो ।

*****

डेढ वर्षदेखि नेकपा अध्यक्ष ओलीजी प्रधानमन्त्रीका रूपमा देश हाँकिरहेका छन् । मुलुक निर्माणको, सुख समृद्धिको दाबी गरिरहेका छन् । तर यावत राजकीय निर्णयमा र कार्यान्वयनमा पार्टी कहीँ कतै देखिँदैन । फेरि प्रश्न उठ्छ के पार्टी सत्तामा पुर्याउने भर्याङ मात्र हो ?

*****

नेपाली राजनीतिक पार्टीहरूको दशा र दिशा दुवै कता कता हराएको देखिन्छ । समाजको रूपान्तरण गर्न सामूहिक प्रयत्न गर्न पार्टी चाहिने हो भन्ने कुरा गौण बनाउँदै लगियो । विगतमा काँग्रेसले पार्टीलाई सत्ताको भर्याङ बनायो र सत्ता प्राप्ती पछि भर्याङ लडाइँ दियो । २०५१ सालमा गिरिजाबाबुले संसद् विघटन गरेर पार्टीरूपी भर्याङलाई खारेज गरिदिएका थिए । प्रष्ट बहुमतको सरकार दिलाएको पार्टीमा एकलौटी निर्णय गर्न नपाउँदाको उपज थियो एकाउन्नको मध्यावधि । यतिबेला नेकपा (नेकपा) को सरकार छ । डेढ वर्षदेखि नेकपा अध्यक्ष ओलीजी प्रधानमन्त्रीका रूपमा देश हाँकिरहेका छन् । मुलुक निर्माणको, सुख समृद्धिको दाबी गरिरहेका छन । दिन दिनै एकपछि अर्को निर्णय गर्दै गइरहेका छन् । दिनदिनै नीतिगत तथा कार्यान्वयनगत अस्पष्टताका कारण ठूलठूला भडखालाहरू पर्दै गइरहेका छन् । यावत राजकीय निर्णयमा र कार्यान्वयनमा पार्टी कहीँ कतै देखिँदैन । फेरि प्रश्न उठ्छ, के पार्टी सत्तामा पुर्याउने भर्याङ मात्र हो ? के प्रयोग गर र फ्याल (युज एन्ड थ्रो) को नीतिले पार्टीलाई संस्थागत गर्न मद्दत गर्छ ? के यही परम्परा बसाल्दै लग्ने हो भने मुलुकमा राजनीतिक स्थायित्व प्राप्त होला ? राजनीतिमा होमिएका युवा पिढीका लागि यो प्रश्न विचारणीय हुनुपर्ने हो ।

 

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. July 24, 2019, 5:35 p.m. Jayaram
    सरकार ले पारटिलाई र पर्तिले जनता लाइ भर्याङ बनाइरहेको भन्दा कसो होला
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.