देशका अधिकांश स्थानमा मुसलधारे वर्षा: बाढी, पहिरो र डुबानको जोखिम बढ्यो
काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न स्थानमा बाढी पहिरो र डुबानको जोेखिम रहेको जनाएको छ ।
बुधबार जारी सूचनामा मुलुकका अधिकांश स्थानमा भारी वर्षा भएसँगै विभिन्न जिल्लामा बाढी पहिरो र डुबानको जोखिम बढेको जनाइएको हो ।
राष्ट्रिय आपतकालिन उद्धार केन्द्रले बुधबार बिहान गण्डकीको चुरे र पहाडबाट बहने साना नदीमा उच्च बहावको सम्भावना रहेकोले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन चेतावनी दिएको छ ।
केन्द्रले सामाजिक सञ्जाल फेसबुकमार्फत चितवन, पर्सा, बारा, मकबानपुर, नवलपरासी, पाल्पा, अर्घाखाँची, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, झापा, मोरङ, सुनसरी लगायत प्रदेश १, २, ३, ५, गण्डकीको चुरे र पहाडबाट बहने साना नदीमा उच्च बहावको सम्भावना रहेको जनाएको छ ।
अहिले मोरङ, सुनसरी लगायत आसपासका जिल्लाहरुमा मुसलधारे वर्षा समेत भइरहेको छ ।
श्रावण ०८
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 24, 2019
आज चितवन,पर्सा, बारा, मकबानपुर, नवलपुर, परासी,पाल्पा,अर्घाखाँची,रूपन्देही,कपिलबस्तु, दाङ,बाँके,बर्दिया,कैलाली,कञ्चनपुर, झापा, मोरङ, सुनसरी लगायत प्रदेश १,२,३,५, गण्डकीको चुरे र पहाडबाट बहने साना नदीमा उच्च बहावको संभावना, तटिय क्षेत्रमा उच्च सतर्कता अपनाऔ @NEOCOfficial pic.twitter.com/s5loaZNlDh
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रश्मि रिजाल मृत्यु प्रकरण : सिसिटिभी फुटेज विश्लेषण गर्दा के देखियो ?
-
दोहोरो आईजीनको व्यवस्थाबाट पछि हट्दै धितोपत्र बोर्ड
-
पूर्वी सुर्खेतमा जिप दुर्घटना : ५ जना गम्भीरसहित १२ घाइते
-
भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिको दुरुपयोगले मानव बेचबिखनको रूप फेरियो
-
न्यायको माग गर्दै काठमाडौँमा सहकारी पीडितको प्रदर्शन
-
निर्वाचन आयोग सरकारको छायाबाट मुक्त हुन सकेको छैन: सांसद विष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण