एसईईका उत्तरपुस्तिका पुनः परीक्षणको व्यवस्था
प्रवेशिका परीक्षा (एसईई)मा प्राप्त नतिजाप्रति असन्तुष्ट परीक्षार्थीका लागि खुसीको खबर छ । परीक्षा नियन्त्रण कार्यालयले यस पटकदेखि परीक्षार्थीका उत्तरपुस्तिका पुनःपरीक्षण गर्ने व्यवस्था सुरु गर्दै छ । त्यसका लागि एसईई परीक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै आवेदन भने दिनुपर्ने छ ।
यसभन्दा पहिले निवेदन दिनेहरूले उत्तरपुस्तिका जाँचपछि प्राप्त अङ्क मात्र पुनः जोड्ने व्यवस्था थियो । अब निवेदन आए उत्तरपुस्तिका नै पुन जाँच गरिने छ ।
परीक्षकहरूले जथाभावी रूपमा उत्तरपुस्तिका परीक्षण गरिदिने र त्यसबाट परीक्षार्थी अन्यायमा पर्ने गरेको तथ्य परीक्षा नियन्त्रण कार्यालयकै अध्ययनले प्रमाणित गरिसकेको छ ।
त्यसैले अभिभावक, विद्यार्थी तथा विद्यालयका पदाधिकारीले निकै अघिदेखि प्रवेशिका परीक्षाको उत्तरपुस्तिका पुनःपरीक्षण गर्ने व्यवस्थाका लागि माग गर्दै आएका थिए । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकृति अधिकारीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
-
ब्राजिलमा बन्जी जम्पका क्रममा डोरी बाँध्न बिर्सिएर पुलबाट खसाउँदा युवतीको मृत्यु
-
पिसिएम कप प्लस टु बास्केटबलको छात्र र छात्रा दुवैतर्फको उपाधि एमिसीलाई
-
काठमाडौँका सबै भवन ५ वर्षभित्र विपद् उत्थानशील बनाइने
-
धवल शमशेर र दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ पार्टी घोषणाको तयारी, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण