शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पाटनको पोखरी विवादः हतारमा खन्ने कि तयारीका साथ खन्ने ?

बुधबार, ०८ साउन २०७६, ०६ : २४
बुधबार, ०८ साउन २०७६

ललितपुर महानगर कार्यालयसँगै दक्षिणपट्टि रहेको साढे पाँच रोपनीको खुला स्थलमा असारको ३१ गतेसम्म पर्यटकका सवारी साधन पार्किङ्ग भइरहेको थियो । साउन १ गते एकाएक पोखरी शिलान्यास भएपछि यो स्थानको चर्चा चुलियो ।

पार्किङ्ग भइरहेको उक्त स्थानको टेण्डर आव्हान गरेसँगै उक्त स्थानको चर्चा चुलिएको हो । नः त्वाः मंका खलले उक्त स्थानमा पोखरी बनाउन माग गर्दै साउनको १ गते शिलान्यास गरेको थियो ।

पाटन दरबारलगायत पर्यटकीय क्षेत्र भ्रमण गर्न आउने पर्यटकको सवारी साधन पार्किङ्ग सञ्चालन गरिएको उक्त स्थानमा विसं २०२१ सालसम्म पोखरी थियो । त्यतिबेला राजकुलोबाट त्यो पोखरीमा पानी आउँथ्यो । त्यस पोखरीको वरिपरि बस्ती बढेसँंगै राजकुलो मासियो । पोखरीमा पानी जम्मा हुन नसकेपछि सुख्खा मैदानमा परिणत भयो ।

मैदान बनेको उक्त पोखरी रहेको स्थानमा वि.सं २०५४ साल महानगरको सक्रियतामा सभाहल बनाउन शिलान्यास समेत भएको थियो । तत्कालीन उपमहानगरपालिकाका मेयर बुद्धिराज बज्राचार्यको पहलमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सभाहल निर्माणका लागि शिलान्यास गरेका थिए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप