बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पसलको सटर फोडने औजारसहित दुुईजना रौतहट प्रहरीको फन्दामा

मङ्गलबार, ०७ साउन २०७६, २३ : ३८
मङ्गलबार, ०७ साउन २०७६

रौतहट-रौतहट प्रहरीले पसलको सटर फोडने औजारसहित दुुईजना चोरलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय गौरको प्रहरी टोलीले गएराति साढे ११ बजेको समयमा  गरुडा नगरपालिका वडा नं ५ का १९ वर्षका चुनचुन राम र सोही ठाउँका १९ वर्षका राजेश रामलाई सटर फोडने र  ताला काटने ठुलो कैंचीसहित  पक्राउ गरेको छ ।

गरुडा नगरपालिकास्थित शिवनगर बजारमा अपरिचित व्यक्तिहरुले सटर फोडने ताला काटने औजार लिएर चोरी डकैती गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय शिवनगरको टोलीले शिवनगर  दुबै जनालाई उक्त औजार सहित पक्राउ गरेको हो ।

पक्राउ परेका चुनचुन र राजेश दुवैजनालाई सम्मानित जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप